Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home धर्म

दुग्धेश्वर महादेव मन्दिरमा एक महीनाको लागि मेला शुभारम्भ

by अनलाईन वीरगंज
प्रकाशित : २०८० श्रावण ५,शुक्रबार
A A
2
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । पर्साको धार्मिक पर्यटकीय स्थलको रूपमा चिनिने दुग्धेश्वर महादेव मन्दिरमा साउन १ गतेदेखि औपचारिकरूपमा मेला शुभारम्भ भएको छ । यस वर्ष दुई मासको साउन लागे तापनि प्रारम्भिक चरणमा पर्सा राष्ट्रिय निकुञ्जले मन्दिर प्रवेश एवं दर्शन गर्न एक महीनाको लागि मात्र मेला लगाउन स्वीकृति दिएको निकुञ्जका प्रमुख संरक्ष्ँण अधिकृत अशोक रामले बताए ।


श्रद्धालुहरूको भीडभाड लागिरह्यो र मेला दुई महीना लम्बिने अवस्था देखिएमा स्वीकृतिको एक महीनाको समयावधिलाई दुई महीना गर्न सकिने बताए । पर्सा राष्ट्रिय निकुञ्जको कोर एरियामा पर्ने भएकोले वैशाख, साउन, र माघ गरी तीनपटक उक्त मन्दिरमा प्रवेश निश्शुल्क गर्ने गरिएको छ र सोही समयमा रामभौरीभाटामा मेला लाग्ने गरेको मेला समितिका अध्यक्ष गगनदेव पटेलले बताए ।

उनले मेलामा सोमवार, शुक्रवार र शनिवार गरी तीन दिन बढी भीड हुने गरेको र अन्य दिन सामान्य भीड रहने गरेको बताए ।सोमवारका दिन ५० हजारभन्दा बढी श्रद्धालुको सहभागिता हुने मेलामा मन्दिरमा दिनकै रु एक लाखभन्दा बढीको भेटी चढ्ने गरेको र सोही भेटीको रकमबाट मन्दिरको पूर्वाधार, बाटो, धर्मशाला, पुजारी व्यवस्थापनलगायतका खर्च बेहोर्ने गरिएको मेला समितिले जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

महानगरको मेयरमा रास्वपाबाट किशोर कुमार यादवको नाम चर्चामा, आधिकारिक निर्णय हुन बाँकी
मुख्य समाचार

महानगरको मेयरमा रास्वपाबाट किशोर कुमार यादवको नाम चर्चामा,

प्रकाशित : २०८० श्रावण ५,शुक्रबार
अलपत्र पारिएको वीरगन्जको मुख्य सडक विस्तारमा पुरानै एलाइनमेन्ट कायम गर्न उद्योग वाणिज्य संघको आग्रह
मुख्य समाचार

अलपत्र पारिएको वीरगन्जको मुख्य सडक विस्तारमा पुरानै एलाइनमेन्ट कायम गर्न उद्योग वाणिज्य संघको आग्रह

प्रकाशित : २०८० श्रावण ५,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद