Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्जको यातायात कार्यालयमा कर्मचारीको दादागिरी : सरुवा भएको कार्यालयमा जान मान्दैनन्

by अनलाईन वीरगंज
प्रकाशित : २०८० श्रावण २,मंगलवार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । मधेश प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले वीरगन्जस्थित यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र शाखाका सहायक शाखा अधिकृत रंजितप्रसाद साहको काज फिर्ता गरेको १२ दिन बितिसकेको छ । तर, हालसम्म साह काज फिर्ता भएको यातायात व्यवस्था कार्यालय गौरमा हाजिर भएका छैनन् ।

यसैगरी यातायात व्यवस्था कार्यालय वीरगन्जका मेकानिकल इन्जिनियर अमितकुमार दासको पनि मुख्यमन्त्री कार्यालयले गत असार २१ मा यातायात पूर्वाधार निर्देशनालय जनकुपरमा सरुवा गरेको थियो । दास पनि हालसम्म सरुवा भइसकेको कार्यालय गएका छैनन् । साह र दासको सरुवा भएको कार्यालयमा यातायात व्यवस्था कार्यालय वीरगन्जले भने रमाना पठाइसकेको छ ।

१२ दिन अगाडि नै अन्यत्र सरुवा भइसकेका दास र साह मंगलबार यातायात व्यवस्था कार्यालय वीरगन्जमा पुगेर जबरजस्ती हाजिरी गर्न खोजेका थिए । कर्मचारीका अनुसार विभिन्न डर, धम्की देखाएर दुवैजनाले हाजिरी पुस्तिका खोस्न प्रयास गरेका थिए । अन्यत्र सरुवा भइसकेकाले प्रशासन फाँटका कर्मचारीले दुबैलाई हाजिर गर्न दिएनन् । विवाद सिर्जना भएपछि कार्यालयमा प्रहरी पुगेको थियो । कार्यालयकी शाखा अधिकृत बबिता जैसवालले मेकानिकल इन्जिनियर अमित दास र सहायक शाखा अधिकृत रंजित साहको मुख्यमन्त्री कार्यालयले गत असार २१ मै सरुवा गरिसकेको बताइन् । ‘साहको काज फिर्ता र दासको सरुवा भएपछि वीरगन्ज यातायात कार्यालयले सम्बन्धित कार्यालयमा रमानासमेत पठाइसकेको छ,’ शाखा अधिकृत जैसवालले भनिन्, ‘उहाँहरु सरुवा भएको ठाउँमा जान चाहनु भएको छैन, जबरजस्ती यही बस्न खोज्नु भएको छ ।’

गुणस्तर तथा नापतोल विभागबाट २०७६ जेठ ७ मा मेकानिकल इन्जिनियर दास यातायात कार्यालय वीरगन्जमा सरुवा भएर आएका थिए । ४ वर्षभन्दा बढी समय दास यातायात कार्यालय वीरगन्जमा बसिसकेका छन् । सहायक शाखा अधिकृत साह भने २०७८ चैत १४ मा काज सरुवा गराई यातायात कार्यालय वीरगन्जमा आएका थिए । ‘सामान्यता काज सरुवामा ३ महिनाभन्दा बढी समय बस्न मिल्दैन,’ प्रशासन फाँटका एक कर्मचारी भन्छन्, ‘तर, साह १५ महिना काजमा बसेका छन् ।’

गत असार २९ मा सरुवा खारेजीको माग गर्दै उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगन्जमा साहले निषेधाज्ञा मुद्दा र दासले उत्प्रेषण परमादेश मुद्दा दर्ता गराएका थिए । साहको मुद्दामा उच्च अदालतका न्यायाधीश गणेशप्रसाद बरालको इजलासले मागबमोजिम अन्तरिम आदेश जारी गर्नुपर्ने अवस्था नदेखिएको आदेश गरेको छ । यातायात व्यवस्था कार्यालय प्रशासन फाँटका अनुसार मेकानिकल इन्जिनियर अमित दासको उत्प्रेषण परमादेशको मुद्दामा न्यायाधीश राजेशकुमार काफ्लेको इजलासले दुवै पक्षलाई साउन १२ गते छलफलका लागि बोलाई उक्त अवधिसम्म निवेदकलाई हाल वहाल रहेको कार्यालयबाट कानुनको प्रावधानविपरीत सरुवा नगर्नु, नगराउनु भनी अल्पकालीन अन्तरिम आदेश जारी गरिदिएको छ । साभार : इकान्तिपुर

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पर्सा–३ का एमाले उम्मेदवार पाण्डेयको घरदैलो कार्यक्रममा युवाहरुको उत्साहजनक सहभागिता
मुख्य समाचार

पर्सा–३ का एमाले उम्मेदवार पाण्डेयको घरदैलो कार्यक्रममा युवाहरुको उत्साहजनक सहभागिता

प्रकाशित : २०८० श्रावण २,मंगलवार
पर्सा–२ मा कांग्रेसको शक्ति प्रदर्शनः अजयकुमार चौरसियाको घरदैलोमा व्यापक जनसहभागिता
मुख्य समाचार

पर्सा–२ मा कांग्रेसको शक्ति प्रदर्शनः अजयकुमार चौरसियाको घरदैलोमा व्यापक जनसहभागिता

प्रकाशित : २०८० श्रावण २,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद