Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्ज महानगरकाे नाममा विद्यार्थीलाई ठग्ने मोदी इन्स्टिच्युटका सञ्चालक पक्राउ

by अनलाईन वीरगंज
प्रकाशित : २०८० श्रावण २,मंगलवार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको नाम लिएर छात्रवृत्ति दिलाई दिने भन्दै ठगी गर्ने एक जनालाई महानगरका मेयर राजेशमान सिंहले नियन्त्रणमा लिएर प्रहरीकाे जिम्मा लगाएका छन् ।

वीरगञ्जमा सञ्चालित मोदी इन्स्टिच्युट एंड ट्रेनिङ्ग सेन्टरका सञ्चालक राहुल मोदीलाई मेयर सिंहले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका हुन् ।

माेदीले महानगरपालिकाकाे सिफारिसमा छात्रवृत्ति दिलाइदिने भन्दै विद्यार्थीहरुलाई ठगेकाे गुनासाे आएपछि मेयर सिंहले उनलाई आफ्नोे कार्यकक्षमा झिकाएर सोधपुछ गरि थप कानुनी कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाएका हुन् ।

इन्स्टीच्युटका सञ्चालक मोदीले एसईई उत्तीर्ण गरेका विद्यार्थीहरुको लागि वीरगन्ज महानगरपालिकाले कक्षा ११ र १२ मा अध्ययनका लागि उपलब्ध गराउँदै आएको छात्रवृत्तिकाे परिक्षामा पास गराइदिने प्रलाेभन दिएर विद्यार्थीहरुबाट झण्डै एक लाख रुपैयाँ माग्दै गरेको गुनासाे आएको थियो ।

छात्रवृत्तिका लागि महानगरको शैक्षिकल महाशाखालाई ५० हजार , विद्यार्थीले रोजेको विद्यालयलाई ३० हजार र आफूले २० हजार लिने गरी प्रत्येक विद्यार्थीहरुसँग एक एक लाख रुपैयाँ माग्ने गरेको अडियो रेकर्ड सार्वजनिक भएपछि वीरगन्ज महाागरका मेयर सिंहले मंगलबार बिहान मोदीलाई आफ्नो कार्यालयमा झिकाई सोधपुछ गरि आवश्यक कानुनी कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा पठाएको मेयर सिंहकाे सचिवालयले जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

उपेन्द्र यादवको स्पष्ट सन्देश – अबको राजनीति सत्ता स्वार्थमा होइन, जनताको हितमा हुनुपर्छ
मुख्य समाचार

उपेन्द्र यादवको स्पष्ट सन्देश – अबको राजनीति सत्ता स्वार्थमा होइन, जनताको हितमा हुनुपर्छ

प्रकाशित : २०८० श्रावण २,मंगलवार
नेपाली कांग्रेसबाट अरविन्दकुमार गुप्ता १ वर्षका लागि निष्काशित
मुख्य समाचार

नेपाली कांग्रेसबाट अरविन्दकुमार गुप्ता १ वर्षका लागि निष्काशित

प्रकाशित : २०८० श्रावण २,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद