Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्ज महानगरले सुरु गर्‍यो नारायणी अस्पतालमा सरसफाइ

by अनलाईन वीरगंज
प्रकाशित : २०८० श्रावण १,सोमबार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालको सरसफाइ सोमबारदेखि वीरगञ्ज महानगरपालिकाले गर्न सुरु गरेको छ । महानगरपालिका र अस्पताल प्रशासनबिच गरिएको सम्झौताअनुसार साउन १ गतेदेखि महानगरपालिकाले अस्पतालको सरसफाइको जिम्मा लिएको हो ।

पहिलो दिन सोमबार महानगरका मेयर राजेशमान सिंहले आफैँ सरसफाइ शाखाका कर्मचारीको टोलीका साथ अस्पतालमा पुगेर सरसफाइ गराएका छन् । त्यस क्रममा मेयर सिंहले सरसफाइको अनुगमन गर्नुका साथै अस्पताल परिसर सफा र स्वच्छ राख्न सेवाग्राहीहरूसँग आग्रह गरेका द । अस्पतालको सफाइ र व्यवस्थित पार्किङमा अटेर गर्नेलाई जरिवाना समेत गरिने मेयर सिंहले बताए ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर चित्तरञ्जन साहले अब अस्पतालको सरसफाइमा लापरबाही हुन नदिने बताए । अस्पतालको सेवा पनि गुणस्तरीय बनाउनका लागि आफूहरू लागि परेकाले यसमा पनि महानगरको साथ र सहयोग पाउने अपेक्षा रहेको उनले बताए ।

अस्पताल प्रशासन र महानगरपालिकाबिच भएको सम्झौताअनुसार साउन १ गतेदेखि एक वर्षका लागि नारायणी अस्पतालको शल्यक्रिया र वार्डभित्र बाहेक अस्पतालको सबै क्षेत्रमा महानगरपालिकाले सरसफाइ गर्नेछ । अस्पतालको शौचालय,बरन्डा, भर्‍याङ, प्रशासनिक भवनका साथै अस्पताल परिसरको सरसफाइ महानगरले गर्ने सम्झौतामा उल्लेख छ । शल्यक्रिया कक्ष र वार्डको सफाइ भने अस्पताल प्रशासन आफैले गर्ने मेसु साहले बताए ।

सम्झौताअनुसार अस्पतालमा सरसफाइ गरेबापत महानगरपालिकाले अस्पतालसँग कुनै शुल्क लिने छैन । यस्तै सरसफाइका लागि वीरगञ्ज महानगरपालिकाले अस्पतालमा नौ जना कर्मचारी खटाएको छ ।

अस्पताल परिसरमा जथाभाबी फोहर गर्ने व्यक्तिविरुद्ध महानगरपालिकाको फोहर मैला व्यवस्थापन ऐन २०७५ बमोजिम दण्ड जरिवाना तथा कारबाही समेत गर्ने सम्झौतामा उल्लेख रहेको महानगरपालिकाको सरसफाइ महाशाखाका प्रमुख सरफुदिन मियाँले जानकारी दिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पर्सा नापी कार्यालयमा घुस काण्डपछि विवाद चर्कियो, नापी अधिकृत दीपक कुमार सिंहमाथि गम्भीर आरोप
आर्थिक

पर्सा नापी कार्यालयमा घुस काण्डपछि विवाद चर्कियो, नापी अधिकृत दीपक कुमार सिंहमाथि गम्भीर आरोप

प्रकाशित : २०८० श्रावण १,सोमबार
पर्सामा असहायहरूलाई चिसो छल्न न्यानो कम्बल वितरण
मुख्य समाचार

पर्सामा असहायहरूलाई चिसो छल्न न्यानो कम्बल वितरण

प्रकाशित : २०८० श्रावण १,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद