Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्ज महानगरले सुरु गर्‍यो नारायणी अस्पतालमा सरसफाइ

by अनलाईन वीरगंज
प्रकाशित : २०८० श्रावण १,सोमबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालको सरसफाइ सोमबारदेखि वीरगञ्ज महानगरपालिकाले गर्न सुरु गरेको छ । महानगरपालिका र अस्पताल प्रशासनबिच गरिएको सम्झौताअनुसार साउन १ गतेदेखि महानगरपालिकाले अस्पतालको सरसफाइको जिम्मा लिएको हो ।

पहिलो दिन सोमबार महानगरका मेयर राजेशमान सिंहले आफैँ सरसफाइ शाखाका कर्मचारीको टोलीका साथ अस्पतालमा पुगेर सरसफाइ गराएका छन् । त्यस क्रममा मेयर सिंहले सरसफाइको अनुगमन गर्नुका साथै अस्पताल परिसर सफा र स्वच्छ राख्न सेवाग्राहीहरूसँग आग्रह गरेका द । अस्पतालको सफाइ र व्यवस्थित पार्किङमा अटेर गर्नेलाई जरिवाना समेत गरिने मेयर सिंहले बताए ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर चित्तरञ्जन साहले अब अस्पतालको सरसफाइमा लापरबाही हुन नदिने बताए । अस्पतालको सेवा पनि गुणस्तरीय बनाउनका लागि आफूहरू लागि परेकाले यसमा पनि महानगरको साथ र सहयोग पाउने अपेक्षा रहेको उनले बताए ।

अस्पताल प्रशासन र महानगरपालिकाबिच भएको सम्झौताअनुसार साउन १ गतेदेखि एक वर्षका लागि नारायणी अस्पतालको शल्यक्रिया र वार्डभित्र बाहेक अस्पतालको सबै क्षेत्रमा महानगरपालिकाले सरसफाइ गर्नेछ । अस्पतालको शौचालय,बरन्डा, भर्‍याङ, प्रशासनिक भवनका साथै अस्पताल परिसरको सरसफाइ महानगरले गर्ने सम्झौतामा उल्लेख छ । शल्यक्रिया कक्ष र वार्डको सफाइ भने अस्पताल प्रशासन आफैले गर्ने मेसु साहले बताए ।

सम्झौताअनुसार अस्पतालमा सरसफाइ गरेबापत महानगरपालिकाले अस्पतालसँग कुनै शुल्क लिने छैन । यस्तै सरसफाइका लागि वीरगञ्ज महानगरपालिकाले अस्पतालमा नौ जना कर्मचारी खटाएको छ ।

अस्पताल परिसरमा जथाभाबी फोहर गर्ने व्यक्तिविरुद्ध महानगरपालिकाको फोहर मैला व्यवस्थापन ऐन २०७५ बमोजिम दण्ड जरिवाना तथा कारबाही समेत गर्ने सम्झौतामा उल्लेख रहेको महानगरपालिकाको सरसफाइ महाशाखाका प्रमुख सरफुदिन मियाँले जानकारी दिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

उपेन्द्र यादवको स्पष्ट सन्देश – अबको राजनीति सत्ता स्वार्थमा होइन, जनताको हितमा हुनुपर्छ
मुख्य समाचार

उपेन्द्र यादवको स्पष्ट सन्देश – अबको राजनीति सत्ता स्वार्थमा होइन, जनताको हितमा हुनुपर्छ

प्रकाशित : २०८० श्रावण १,सोमबार
नेपाली कांग्रेसबाट अरविन्दकुमार गुप्ता १ वर्षका लागि निष्काशित
मुख्य समाचार

नेपाली कांग्रेसबाट अरविन्दकुमार गुप्ता १ वर्षका लागि निष्काशित

प्रकाशित : २०८० श्रावण १,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद