वीरगञ्ज । वीरगञ्जमा सात दिने श्रीमद् भागवाद कथा ज्ञान यज्ञको आयोजना हुन लागेको छ ।
श्री शिरडी साई बाबा मन्दिर सेवा ट्रस्टको आयोजनामा भोलिदेखि अर्थात् साउन २ गते देखि सात दिने श्रीमद् भागवाद कथा ज्ञान यज्ञको आयोजना हुन लागेको हो ।
भोलीदेखि सुरु हुने यज्ञ आगामी साउन ८ गतेसम्म चल्ने सञ्चालकहरूले जनाएका छन् । वीरगञ्जस्थित गीता मन्दिर परिसरमा हुने यज्ञमा चर्चित कथा ब्यास पूज्य श्री जितेन्द्र पाराशारले कथा ज्ञान यज्ञ गर्ने छन् ।
प्रत्येक दिन अपराह्न ३ बजेदेखि साँझ ६ बजेसम्म चल्ने यज्ञमा नेपालदेखि भारतसम्मका श्रद्धालुहरू आउने अनुमान गरिएको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस