Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्जमा सुरक्षित गर्भपतनका सम्बन्धमा सञ्चारकर्मीहरुसँग अभिमुखीकरण कार्यक्रम सम्पन्न

by अनलाईन वीरगंज
प्रकाशित : २०८० असार ३१,आईतवार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । वीरगञ्जमा सुरक्षित गर्भपतनका सम्बन्धमा सञ्चारकर्मीहरुसँग अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । पत्रकारमार्फत जनतालाई सुरक्षित गर्भपतनका सम्बन्धतामा सचेतना फैलाउने अभिप्रायका साथ अभिमुखीकरण गरिएको स्वास्थ्य लाइभका प्रबन्ध निर्देशक अर्जुन अधिकारीले बताए ।

नेपाल पत्रकार महासंघ पर्साको सभा गृहमा आइतवार आयोजित अभिमुखीकरणलाई सम्बोधन गर्दै बिपि कोइरालाा स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापक श्याम लम्सालले असुरक्षित तवरले गर्भपतन गराउने क्रम बढ्दै गएकोप्रति चिन्ता व्यक्त गरे । सुरक्षित तवरले गर्भपतन गर्ने संस्थाहरुको बारेमा जनतालाई सुसुचित गराउनका लागि उनले सञ्चारकर्मीहरुलाई आग्रह गरेका छन् । असुरक्षित गर्भपतन गराउँदा स्वास्थ्यमा आउने जोखिम अवस्थाका बारेमा पनि जानकारी गराउन उनको आग्रह छ ।

औषधी व्यवस्था विभाग पर्साका प्रमुख किरण बर्जचार्यले सुरक्षित गर्भपतनका लागि १० वटा औषधीले नेपालमा मान्यता पाएको जानकारी दिए । दर्ता नभएका र मान्यता नपाएका फार्मेसी तथा क्लिनिकहरुबाट पनि औषधी खरिदबिक्रि हुने गरेकोमा उनले आपत्ती जनाए । यसतर्फ विभागले अनुगमन गर्दै आएपनि प्रभावकारी रुपमा अनुगमन हुन नसकेको उनको भनाई छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका प्रमुख नवलकिशोर साहले सबै अधिकार स्थानीय तहको भएको हुँदा कार्यालयको जिम्मेवारी समन्वय गर्ने मात्रै भएको बताए । आवश्यक्ताअनुसार सम्बन्धीत निकायलाई अनुरोध गर्ने र आवश्यक सहकार्य तथा समन्वय गर्ने बाहेकका काम कार्यालयको अधिकार क्षेत्रभन्दा बाहिरको भएको उनले स्पष्ट पारे ।

स्वास्थ्य लाइभका प्रबन्ध निर्देशक अर्जुन अधिकारीले वीरगञ्ज महानगरसहित मधेश प्रदेश र समग्र देशको तथ्यांक प्रस्तुत गरेका थिए । उनले प्रस्तुत गरेको तथ्यांकअनुसार अन्य प्रदेशको तुलनामा मधेश प्रदेशमा असुरक्षित गर्भपतन गराउनेको संख्या बढी छ । यसले मातृमृत्युदर पनि बढीरहेको हुँदा सुरक्षित गर्भपतन गरी स्वास्थ्यको जोखिम कम गर्नुपर्नेमा उनले जोड दिए । उपत्यका बाहिर रहेर पत्रकारिता गर्दा सबै क्षेत्रमा गर्नुपर्ने बाध्यता सुनाउँदै उनले स्वास्थ्य क्षेत्रलाई पनि प्राथमिकतामा राखेर रिपोर्टींग गर्न आग्रह गरेका छन् ।

नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारीले पर्सेली पत्रकारलाई सुरक्षित गर्भपतनका सम्बन्धमा अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएकोमा आयोजक स्वास्थ्य लाइभ प्रति आभार व्यक्त गरे । यसले पत्रकारको क्षमता अभिवृद्धिसँगै समाचार लेखनका विषयवस्तुहरुको ज्ञान भएको अध्यक्ष तिवारीको विश्वास छ । साथै आगामी दिनमा पनि यस्तै कार्यक्रमलाई निरन्तरता दिन आग्रह पनि उनले गरेका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर
मुख्य समाचार

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर

प्रकाशित : २०८० असार ३१,आईतवार
स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप
मुख्य समाचार

स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप

प्रकाशित : २०८० असार ३१,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद