Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्ज कलेजका विद्यार्थीले डल, कुसन, सर्फ र साबुन बनाएका छन् । कलेजले दिएको ७ दिनको तालिममा सम्पन्न

by अनलाईन वीरगंज
प्रकाशित : २०८० असार ३०,शनिबार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज, ३० असार । वीरगञ्ज कलेजका विद्यार्थीले डल, कुसन, सर्फ र साबुन बनाएका छन् । कलेजले दिएको ७ दिनको तालिममा सम्पन्न भएको छ ।

उनीहरुले तयार गरेको सामाग्री शनिबार कलेज परिसरमा आयोजित तालिम समापन समारोहमा प्रदर्शनमा पनि राखिएको थियो ।

सिक्दै जाऔं, कमाउँदै जाऔं अवधारणा अन्र्तगत कलेजले विद्यार्थीमा उद्यमशिलता विकासको लागि आयोजित तालिमको समापन्न कार्यक्रममा कलेज सञ्चालक समितिका अध्यक्ष डाक्टर दिपेन्द्र चौधरीले जानकारी दिएका थिए ।

उनको भने ‘पढाईले जागिरे मानसिकता विकास गरिदिएको छ । तालिमले बाटो देखाउने काम गर्छ, अगाडी कसरी बढ्ने उनीहरुले नै निर्णय गर्ने हो ।’ उनले भने ‘४ वर्षमा स्टार्टअप के हो ? व्यवसाय कसरी गर्ने ? भनेर समेत कलेजले सिकाउनेछ ।’

उनले व्यवसाय सुरुवात गर्न लाखौं रुपैयाँ चाहिन्छ भन्ने सोच त्याग्न समेत आग्रह गरे ।

७ दिने तालिममा विद्यार्थीहरु उत्साहित भएर सहभागी भएको र उनीहरुले सिकेको सीप अनुसारको सामाग्री पनि तयार पारेको कलेज सञ्चालक समितिका अध्यक्ष डाक्टर दिपेन्द्र चौधरीले जानकारी दिए । सिक्दै जाऔं, कमाउँदै जाऔं अवधारणा अन्र्तगत कलेजले विद्यार्थीमा उद्यमशिलता विकासको लागि विद्यार्थीलाई तालिम दिएको उनी बताउँछन् ।

‘पढेको मान्छेले काम पाएन भने घरमा खाने बेलामा बुवाआमाले पनि कराउँछन् ।’ उनले भने ‘ कतिपयले यसलाई स्टन्ट पनि भनेको सुनियो तर यो स्टन्ट नभएर विद्यार्थीको भविष्यका लागि गरेको हो । हामीले बाटो कोरेको हो पिच गर्ने काम विद्यार्थीले नै गर्नुपर्छ ।’

वीरगञ्ज उधोग वाणिज्य संघका उपाध्यक्ष हरि गौतमले सीपले विद्यार्थीलाई सक्षम बनाउने बताए । ‘नेपालबाट विद्यार्थीहरु लाखौं खर्च गरेर पढ्न अष्ट्रेलिया, अमेरिका, युरोपतिर जान्छन् । मध्यमवर्गीय परिवारका छोराछोरीलाई पढ्न खर्च पठाउन पनि पर्दैन । उनीहरु काम र पढाइ सँगसँगै गर्छन् ।’ उनले भने ‘ सीपपछि विद्यार्थीमा उत्साह आउँछ । व्यवसाय सञ्चालन गर्न चाहे पनि सक्छन् । ’

जनमत पार्टीका पर्सा जिल्ला अध्यक्ष ओमप्रकाश सर्राफले शिक्षासँगै उधमशिलता आजको आवश्यकता भएको बताए । उनले वीरगञ्ज कलेजबाट विभिन्न तहका सरकारले पाठ सिक्नुपर्नेमा जोड दिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८० असार ३०,शनिबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८० असार ३०,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद