वीरगञ्ज, ३० असार । वीरगञ्ज कलेजका विद्यार्थीले डल, कुसन, सर्फ र साबुन बनाएका छन् । कलेजले दिएको ७ दिनको तालिममा सम्पन्न भएको छ ।
उनीहरुले तयार गरेको सामाग्री शनिबार कलेज परिसरमा आयोजित तालिम समापन समारोहमा प्रदर्शनमा पनि राखिएको थियो ।
सिक्दै जाऔं, कमाउँदै जाऔं अवधारणा अन्र्तगत कलेजले विद्यार्थीमा उद्यमशिलता विकासको लागि आयोजित तालिमको समापन्न कार्यक्रममा कलेज सञ्चालक समितिका अध्यक्ष डाक्टर दिपेन्द्र चौधरीले जानकारी दिएका थिए ।
उनको भने ‘पढाईले जागिरे मानसिकता विकास गरिदिएको छ । तालिमले बाटो देखाउने काम गर्छ, अगाडी कसरी बढ्ने उनीहरुले नै निर्णय गर्ने हो ।’ उनले भने ‘४ वर्षमा स्टार्टअप के हो ? व्यवसाय कसरी गर्ने ? भनेर समेत कलेजले सिकाउनेछ ।’
उनले व्यवसाय सुरुवात गर्न लाखौं रुपैयाँ चाहिन्छ भन्ने सोच त्याग्न समेत आग्रह गरे ।
७ दिने तालिममा विद्यार्थीहरु उत्साहित भएर सहभागी भएको र उनीहरुले सिकेको सीप अनुसारको सामाग्री पनि तयार पारेको कलेज सञ्चालक समितिका अध्यक्ष डाक्टर दिपेन्द्र चौधरीले जानकारी दिए । सिक्दै जाऔं, कमाउँदै जाऔं अवधारणा अन्र्तगत कलेजले विद्यार्थीमा उद्यमशिलता विकासको लागि विद्यार्थीलाई तालिम दिएको उनी बताउँछन् ।
‘पढेको मान्छेले काम पाएन भने घरमा खाने बेलामा बुवाआमाले पनि कराउँछन् ।’ उनले भने ‘ कतिपयले यसलाई स्टन्ट पनि भनेको सुनियो तर यो स्टन्ट नभएर विद्यार्थीको भविष्यका लागि गरेको हो । हामीले बाटो कोरेको हो पिच गर्ने काम विद्यार्थीले नै गर्नुपर्छ ।’
वीरगञ्ज उधोग वाणिज्य संघका उपाध्यक्ष हरि गौतमले सीपले विद्यार्थीलाई सक्षम बनाउने बताए । ‘नेपालबाट विद्यार्थीहरु लाखौं खर्च गरेर पढ्न अष्ट्रेलिया, अमेरिका, युरोपतिर जान्छन् । मध्यमवर्गीय परिवारका छोराछोरीलाई पढ्न खर्च पठाउन पनि पर्दैन । उनीहरु काम र पढाइ सँगसँगै गर्छन् ।’ उनले भने ‘ सीपपछि विद्यार्थीमा उत्साह आउँछ । व्यवसाय सञ्चालन गर्न चाहे पनि सक्छन् । ’
जनमत पार्टीका पर्सा जिल्ला अध्यक्ष ओमप्रकाश सर्राफले शिक्षासँगै उधमशिलता आजको आवश्यकता भएको बताए । उनले वीरगञ्ज कलेजबाट विभिन्न तहका सरकारले पाठ सिक्नुपर्नेमा जोड दिए ।