Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्सा : फर्जि विवरण पेस गरी जन्मको आधारमा नागरिकता लिएका एक दम्पति पक्राउ

by अनलाईन वीरगंज
प्रकाशित : २०८० असार ३०,शनिबार
A A
file photo

file photo

0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । पर्सामा झुटो विवरण पेस गरी जन्मको आधारमा नेपाली नागरिकता लिएर छोरासमेतको वंशज नागरिकता बनाउने खोज्ने एक दम्पती पक्राउ परेका छन् ।जिल्ला प्रशासन कार्यालय पर्सामा झुटो विवरण पेस गरेर २०६३ सालमा जन्मको आधारमा नेपाली नागरिकता लिएर छोरा समेतको वंशज नागरिकता बनाउन खोजेका दम्पती पक्राउ परेका हुन् ।

उनीहरूलाई असार २४ गते जिल्ला प्रशासन कार्यालयबाट नियन्त्रणमा लिइएको पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिए । पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका वडा नम्बर १३ मा बस्दै आएका दिनेश पटवा र उनकी पत्नि रितादेवी पटवा रहेका छन् ।

दिनेशले २०६३ सालमा झुटो विवरण पेस गरेर जन्मको आधारमा नेपाली नागरिकता प्राप्त गरेका थिए । नागरिकता पाएको केही समयपछि उनले पत्नि रितादेवीको समेत वैवाहिक अङ्गीकृत नागरिकता बनाएका थिए । अहिले आएको नयाँ नागरिकता ऐनअनुसार छोराको वंशज नागरिकता बनाउन खोजेपछि उनीहरू पक्राउ परेका हुन् ।

प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीका अनुसार छोराको नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालयमा आएका पटवा दम्पतीको गतिविधि शंकास्पद देखिएपछि जिल्ला प्रशासन कार्यालयको सुरक्षामा खटिएको सशस्त्र प्रहरीको विशेष टोलीले उनीहरूमाथि निगरानी बढाएको थियो ।

चेकजाँचका क्रममा दिनेशको साथबाट प्रहरीले भारतीय आयकर विभागको कार्ड बरामद ग¥यो । कार्ड बरामद भएपछि उनीहरूलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि जिल्ल प्रहरी कार्यालय पर्सामा पठाइएको प्रमुख जिल्ला अधिकारी रेग्मीले जानकारी दिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पर्सा नापी कार्यालयमा घुस काण्डपछि विवाद चर्कियो, नापी अधिकृत दीपक कुमार सिंहमाथि गम्भीर आरोप
आर्थिक

पर्सा नापी कार्यालयमा घुस काण्डपछि विवाद चर्कियो, नापी अधिकृत दीपक कुमार सिंहमाथि गम्भीर आरोप

प्रकाशित : २०८० असार ३०,शनिबार
पर्सामा असहायहरूलाई चिसो छल्न न्यानो कम्बल वितरण
मुख्य समाचार

पर्सामा असहायहरूलाई चिसो छल्न न्यानो कम्बल वितरण

प्रकाशित : २०८० असार ३०,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद