Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

भानु जयन्तीको अवसरमा वीरगञ्जको बसपार्कमा मूर्ति अनावरण

by अनलाईन वीरगंज
प्रकाशित : २०८० असार २९,शुक्रबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । नेपालका आदिकवी भानुभक्त आचार्यको जन्मजयन्तिको अवसरमा उहाँको मूर्ति अनावरण गरिएको छ ।

वीरगञ्जको बसपार्क स्थित भानुचौकमा स्थापना गरिएको भानुभक्त आचार्यको मूर्तिको शुक्रबार लक्ष्मी प्रसाद देवकोटा पुरस्कारबाट सम्मानित साहित्यकार भवानी क्षेत्रीले अनावरण गर्नुभएको हो ।

वीरगञ्ज महानगरपालिकाले स्थापना गरेको मूर्तिको भानु जयन्तिको अवसर पारेर नै अनावरण गरिएको हो ।

भानुभक्त आचार्यले हिन्दु धर्मको संस्कृतिमा लेखिएको रामायणलाई नेपालीमा अनुवाद गरेर सरलीकृत गरी धर्म संस्कृतिको प्रचारमा महत्वपूर्ण योगदान गर्नुभएको छ ।

भानुभक्त नेपाली वाङ्मयकै विराट पुरुष हुन् । नयाँ ढङ्गबाट उनका बारे व्याख्या र विश्लेषण भइरहेको छ ।

बहुभाषाभाषी हाम्रो मुलुकका जनतामा परस्पर सम्बन्ध सूत्र जोड्न आधार निर्माण गर्ने आधार व्यक्ति भानुभक्तको योगदान आजको सङ्घीय गणतन्त्रात्मक लोकतन्त्र नेपालमा उत्तिकै सान्दर्भिक छ ।

भानुभक्तका योगदानको स्मरणसागै सम्मान गर्ने परम्परा अगाडि बढाउदा मात्र अन्य भाषाका आदिपुरुषहरूको पनि स्मृति र सम्मान गर्ने परम्परा विकसित हुदै जानेछ ।

भानु जयन्तिकै अवसरमा शुक्रबार वीरगन्जमा नारायणी वांग्मय प्रतिष्ठान र लक्ष्मी साहित्य समाजले कविता वाचन प्रतियोगिता र पुरस्कार वितरण कार्यक्रमको पनि आयोजना गरेको छ ।

बसपार्कमा भानुको मूर्ति अनावरण र माल्र्यापण गरेपछि प्रभातफेरी सहित होटल मकालुमा पुगेर औपचारिक कार्यक्रम भएको छ । कार्यक्रममा वीरगन्ज महानगर प्रमुख राजेशमान सिंह लगायत विभिन्न साहित्यप्रेमी, साहित्य अनुरागीहरुको उपस्थिति रहेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पर्सा नापी कार्यालयमा घुस काण्डपछि विवाद चर्कियो, नापी अधिकृत दीपक कुमार सिंहमाथि गम्भीर आरोप
आर्थिक

पर्सा नापी कार्यालयमा घुस काण्डपछि विवाद चर्कियो, नापी अधिकृत दीपक कुमार सिंहमाथि गम्भीर आरोप

प्रकाशित : २०८० असार २९,शुक्रबार
पर्सामा असहायहरूलाई चिसो छल्न न्यानो कम्बल वितरण
मुख्य समाचार

पर्सामा असहायहरूलाई चिसो छल्न न्यानो कम्बल वितरण

प्रकाशित : २०८० असार २९,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद