Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

४७ लाख भन्दा बढीको अबैध सुन सहित वीरगञ्जका प्रभु पक्राउ

by अनलाईन वीरगंज
प्रकाशित : २०८० असार २९,शुक्रबार
A A
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । हेटौडा उपमहानगर पालिका वडा नम्बर १५ स्थित रातोमाटे चेकपोष्ट अगाडी अबैध सुनसहित एक जना वीरगन्जका ब्यक्तिलाई मकवानपुर प्रहरीले पक्राउ गरेको जनाएको छ ।

बिशेष सुचनाको आधारमा प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले काठमाण्डौबाट वीरगन्जतर्फ आउदै गरेको ना १ ज ७४९० नम्बरको यात्रुवाहक सुमोलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त सुमोमा सवार जिल्ला पर्सा वीरगञ्ज महानगर पालिका वडा नम्बर १ बस्ने वर्ष ३५ को प्रभु साह सोनारलाई शंका लागी निजको शरीर तथा झोला चेकजाँच गर्ने क्रममा निजको साथबाट अवैध भन्सार छली चोरी पैठारी निकासी गरी ल्याएको सुन ४८९ ग्राम ३७ मिली ग्राम फेला परेको हुँदा निजलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सुनचाँदी व्यवसायी सँघ मकवानपुरको अनुसार पक्राउ गरेको उक्त सुनको आजको बजार मुल्य रुपैया ४७ लाख ३६ हजार ७ सय ५९ रहेको तथा निज प्रभु साह सोनारलाई सो अबैध सुन सहित आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाईएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी गराएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

कक्षा १२ मा तीन जिल्लामै उत्कृष्ट बनेकी छात्रा कुसुम खातुन सम्मानित
मुख्य समाचार

कक्षा १२ मा तीन जिल्लामै उत्कृष्ट बनेकी छात्रा कुसुम खातुन सम्मानित

प्रकाशित : २०८० असार २९,शुक्रबार
साउथजोन विद्यालयमा विद्यार्थी परिषद् पदाधिकारीको सपथ, उत्कृष्ट विद्यार्थी सम्मानित
मुख्य समाचार

साउथजोन विद्यालयमा विद्यार्थी परिषद् पदाधिकारीको सपथ, उत्कृष्ट विद्यार्थी सम्मानित

प्रकाशित : २०८० असार २९,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद