वीरगञ्ज । नेपाली युवा उद्यमी मञ्च (एनवाइईएफ) वीरगञ्ज च्याप्टरले बिल्डिङ इन्टरप्रेन्युरियल इकोसिस्टम २०२२ अवार्ड प्राप्त गरेको छ ।
देशभर रहेका १२ वटा च्याप्टरहरूमध्ये उद्यमशीलता विकासका लागि सबैभन्दा धेरै काम गर्दै वीरगञ्जमा नव उद्यमीहरूका लागि सकारात्मक वातावरण सृजना गरेकोमा एनवाइईएफ वीरगञ्ज च्याप्टर बिल्डिङ इन्टरप्रेन्युरियल इकोसिस्टम अवार्डबाट सम्मानित भएको हो ।
काठमाडौँमा सम्पन्न मञ्च १९ औँ वार्षिक साधारण सभा तथा अधिवेशनमा एनवाइईएफ वीरगञ्जको तर्फबाट उक्त अवार्ड निवर्तमान अध्यक्ष राकेश साहले ग्रहण गरेका थिए ।
अवार्ड ग्रहण गर्दै साहले सम्मानबाट च्याप्टरलाई थप ऊर्जाका साथ काम गर्ने हौसला प्राप्त भएको बताए । वीरगञ्ज मात्र नभई पर्सा जिल्लामै उद्यमशीलता विकास र नवीन सोचका साथ व्यवसाय गर्ने सोच राखेका युवाहरूलाई आफूहरूले गर्ने सहयोगलाई निरन्तरता दिने उनले बताए ।
अधिवेशनबाट सहारा जोशीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको छ