Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

१५ किलो चरेससहित वीरगञ्जबाट दुई जना पक्राउ

by अनलाईन वीरगंज
प्रकाशित : २०८० असार २७,बुधबार
A A
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । सशस्त्र प्रहरीले वीरगञ्जबाट २ जनालाई लागूऔषध चरेससहित पक्राउ गरेको छ । सशस्त्र प्रहरीले वीरगञ्ज भन्सारको मूल गेटको चेकप्वाइन्टबाट बुधबार बिहान उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पर्सा पटेर्वासुगौली गाउँपालिका–५ का ३५ वर्षीय सत्यनारायण माझी र ४० वर्षीय प्रलाद माझी रहेका छन् ।

भन्सार मूल गेटमा प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको चेक प्वाइन्ट ड्युटी टोलीले विशेष सूचनाको आधारमा बीआर २२ एम ४२०६ नम्बरको भारतीय नम्बर प्लेटको मोटरसाइकल चढेर भारततर्फ जाँदै गरेका माझीद्वयको मोटरसाइकल चेक गरेको थियो ।

मोटरसाइकलको ट्यांकीबाट १५ किलो ३ सय १० ग्राम चरेस बरामद भएको थियो । पक्राउ परेका माझीद्वयलाई चरेश र मोटरसाइकलसहित आवश्यक कारवाहीको लागि सीमा प्रहरी चौकी इनर्वामा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गण हेडक्वार्टर पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक सन्तोषकुमार बस्नेतले जानकारी दिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

कक्षा १२ मा तीन जिल्लामै उत्कृष्ट बनेकी छात्रा कुसुम खातुन सम्मानित
मुख्य समाचार

कक्षा १२ मा तीन जिल्लामै उत्कृष्ट बनेकी छात्रा कुसुम खातुन सम्मानित

प्रकाशित : २०८० असार २७,बुधबार
साउथजोन विद्यालयमा विद्यार्थी परिषद् पदाधिकारीको सपथ, उत्कृष्ट विद्यार्थी सम्मानित
मुख्य समाचार

साउथजोन विद्यालयमा विद्यार्थी परिषद् पदाधिकारीको सपथ, उत्कृष्ट विद्यार्थी सम्मानित

प्रकाशित : २०८० असार २७,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद