Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

मधेश प्रदेशमा कामकाजको भाषा मैथिली घोषणा गर्न माग

by अनलाईन वीरगंज
प्रकाशित : २०८० असार २६,मंगलवार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । मधेश प्रदेशको कामकाजको भाषा मैथिली अविलम्ब घोषणा गर्ने मागसहित मुख्यमन्त्री सरोजकुमार यादवलाई ज्ञापनपत्र बुझाइएको छ। मैथिली भाषा–साहित्यसँग आवद्ध विभिन्न संघ–संस्थाहरुले सामूहिक रुपमा ज्ञापनपत्र बुझाएका हुन्।

मुख्यमन्त्री यादवलाई बुझाइएको ज्ञापनपत्रमा प्रदेश सरकारसँग पटक–पटक माग राख्दा पनि सुनुवाइ नभएको भन्दै अब चाँडो मागको सम्बोधन नभए आफूहरु आन्दोलनमा जाने उल्लेख छ। यसअघि पूर्व मुख्यमन्त्रीलाई पटक–पटक ज्ञापनपत्र, सुझावपत्र र ध्यानाकर्षपत्र बुझाइएको तर अहिलेसम्म कार्यान्वयन नहुँदा पुनः स्मरणपत्र बुझाइएको हो। पत्रमा संविधानबमोजिम मैथिली सहित मातृभाषालाई कामकाजको भाषा बनाउन माग गरिएको छ।

मैथिली साहित्यकार सभाका प्रमुख प्रेम विदेहको नेतृत्वमा मुख्यमन्त्री निवास पुगेका प्रतिनिधिमा मिथिला नाट्यकला परिषदका महासचिव शैलेन्द्र मल्लिक, रंगदर्पणका अध्यक्ष रितेश पाटिल, मैथिली विकास कोषका सदस्य सचिव श्यामसुन्दर शशि, कवियत्री पुनम झालगायतको सहभागिता रहेको थियो।

मैथिली साहित्यकार सभाका प्रमुख प्रेम विदेहले कामकाजी भाषाको रुपमा मैथिलीलाई कार्यान्वयन गर्नको लागि भाषा आयोगको सिफारिस र केन्द्रिय संस्कृति मन्त्रालयको पत्र प्रदेशमा अएको एक वर्ष बितिसक्दा पनि प्रदेश सरकार सुतरे बसेको आरोप लगाउँदै अब अविलम्ब मैथिली भाषालाई प्रदेशको कामकाजको भाषा घोषणा नगरे हामी आन्दोलनमा जाने चेतावनी दिएको बताए।

उनले मुख्यमन्त्री यादवलाई बुझाएको ज्ञापनपत्रको बोधार्थ मधेश प्रदेशको शिक्षा तथा समाज कल्याण मन्त्रालय, उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय, प्रदेश सभा सचिवालय, र मधेश प्रज्ञा प्रतिष्ठानमा पञ्जिकृत गरिएको जानकारी दिए। सभार : नेपाल समय

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

प्याब्सन पर्साद्वारा टि–२० नकआउट क्रिकेट र जुनियर फुटबल प्रतियोगिता
मुख्य समाचार

प्याब्सन पर्साद्वारा टि–२० नकआउट क्रिकेट र जुनियर फुटबल प्रतियोगिता

प्रकाशित : २०८० असार २६,मंगलवार
पर्सामा निर्वाचनको सबै तयारी पूरा
मुख्य समाचार

पर्सामा निर्वाचनको सबै तयारी पूरा

प्रकाशित : २०८० असार २६,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद