वीरगञ्ज। सशस्त्र प्रहरीले वीरगञ्जबाट स्रोत नखुलेको अवैध रकमसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा शुक्रबार वीरगञ्ज भन्सारस्थित मूलगेट चेक प्वाइन्ट टोलीले भारतबाट नेपालतर्फ आइरहेको प्रदेश २–०३–०१६ प १९३० नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा भारत बिहार पुर्वी चम्पारण वाजितपुर पोस्ट पञ्चायत–४ बस्ने ३७ वर्षीय राकेश जयसवालले स्कुटरको डिकीमा लुकाइराखेको ४ लाख रुपैयाँ बरामद गरेको हो ।
पक्राउ परेका जयसवाललाई थप कारवाही तथा आवश्यक अनुसन्धानका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक रामजङ पाण्डेले जानकारी दिए ।
आफ्नो प्रतिक्रिया दिनुहोस