Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

तीन फरक योजनामा सिम्रौनगढका कर्मचारीसहित उपभोक्ता समितिविरुद्ध भ्रष्टाचार मुद्दा दायर  

by अनलाईन वीरगंज
प्रकाशित : २०८० असार २०,बुधबार
A A
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । सिम्रौनगढ नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रप्रसाद साह सहित तीन फरक–फरक उपभोक्ता समितिविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।

तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत साह कानु, लेखा अधिकृत सर्मेन्द्रप्रसाद चौधरी, इन्जिनियर सुरेशकुमार यादव र सब–इन्जिनियर उपेन्द्र कुशवाहाले मधेस प्रदेश सरकारका तीन फरक–फरक योजनामा भए गरेको काम भन्दाबढी रकम भुक्तानी गरेको आरोपमा उपभोक्ता समितिका सदस्यसमेतलाई भ्रष्टाचार मुद्दा दर्ता भएको हो ।

बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कुन, चौधरी, यादव र कुशवाहासहित विभिन्न उपभोक्ता समितिका ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा विशेष अदालतमा दायर गरेको छ ।

पहिलो सडक ढलान निर्माण कार्यमा भए गरेको कार्यभन्दा ८१ हजार ९६३ रुपैयाँ उपभोक्ता समितिका अध्यक्ष संजय यादव, सचिव दिपेन्द्र चौधरी र कोषाध्यक्ष विजुली देवीलाई भुक्तानी गरेको आरोप रहेको छ ।

त्यस्तै, दोस्रो रानीवास संग्राहालय भवन निर्माण कार्यमा भए गरेको कार्यभन्दा बढी तथा साइटमा नगरे/नगराएको परिमाणको कार्य भएको भनि नापी किताब चढाई, झुट्टा बिल भरपाई र गलत कार्यसम्पन्न प्रतिवेदन तयार गरी नभए/नगरेको उनीहरूमाथि आरोप छ ।

उक्त संग्राहालय निर्माणमा चार लाख दुई हजार ९८० रुपैयाँको गलत भरपाई खडा गरी उपभोक्ता समितिका अध्यक्ष निरंजनप्रसाद कुशवाहा, सचिव रामपाल दास र कोषाध्यक्ष संध्या देवीलाई बुझाएको आरोपपत्रमा उल्लेख छ ।

साथै रानीवास खेल मैदान निर्माण कार्यमा समेत उपभोक्ता समितिका अध्यक्ष सोनालालप्रसाद यादव, सचिव नन्दकिशोर साह कानु र कोषाध्यक्ष गीताकुमारी साहसँग मिलेर लाख ५६८ रुपैयाँको गलत भुक्तानी लिएको आरोपपत्रमा उल्लेख छ ।

यी तीन योजनामा अख्तियारले आजै फरक–फरक आरोपपत्रमा मुद्दा दायर गरेको हो । यी मुद्दाहरूमा नगरपालिका कर्मचारीलाई भ्रष्टाचार गरेको रकम बराबर बिगो रकम कायम गरी, भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (ज्ञ) बमोजिम कैद एवं जरिवाना दाबी गरिएको छ ।

त्यस्तै उपभोक्ता समितिका नौजनालाई भ्रष्टाचार निवारण ऐन, २०५९को दफा ८ को उपदफा (द्ध) बमोजिम सजाय हुन माग दाबी लिएको छ । सभार : Baahrakhari

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वीरगञ्ज कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई भव्य विदाई, शिक्षा र भविष्य निर्माणमा जोड
मुख्य समाचार

वीरगञ्ज कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई भव्य विदाई, शिक्षा र भविष्य निर्माणमा जोड

प्रकाशित : २०८० असार २०,बुधबार
नहर पुरेर सडक निर्माण: ३० लाखको योजना विवादमा, स्थानीय आक्रोशित
मुख्य समाचार

नहर पुरेर सडक निर्माण: ३० लाखको योजना विवादमा, स्थानीय आक्रोशित

प्रकाशित : २०८० असार २०,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद