Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्साको पटेर्वा सुगौलीमा कृषकहरुलाई कृषि सामाग्री वितरण

by अनलाईन वीरगंज
प्रकाशित : २०८० असार १८,सोमबार
A A
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । पर्साकाे पटेर्वा सुगौली गाउँपालिकाले आइतबार कृषकहरुलाई कृषि सामाग्री वितरण गरेकाे छ । गाँउपालिकाकाे वडा नम्बर ५ निचुटामा तरकारी पकेट विकास कार्यक्रम अन्तर्गत किसानहरुलाई कृषि उपकरण, जैविक मल र विषादी वितरण गरिएको गाउँपालिका कार्यालयले जनाएकाे छ ।

निचुटामा आयाेजित एक कार्यक्रममा गाँउपालिकाका अध्यक्ष दिनेश चाैधरीले किसानलाई सिंचाइका लागि विद्युतीय माेटर १० थान, विषादी छर्कने स्प्रे ट्यांकी ३६ थान, जैविक मल र विषादी वितरण गरेका हुन् ।

तरकारी पकेट विकास कार्यक्रमका लागि गाँउपालिकाले विनियोजन गरेकाे ६ लाख रुपैयाँ बजेटबाट ती सामग्रीहरु खरिद गरि आइतबार वितरण गरिएको गाँउपालिकाकाे कृषि शाखा प्रमुख सिमा चाैधरीले जानकारी दिइन् ।

आ.व २०७८/०७९ मा स्थापना भएको तरकारी बाली पकेट कार्यक्रमकाे निरन्तरता अन्तर्गत आ.व २०७९/०८० पनि श्री सहकारी संस्था निचुटालाई तरकारी पकेट विकास कार्यक्रमलाई निरन्तरता दिदै कृषकहरुलाई कृषि सामाग्री वितरण गरिएकाे जनाइएकाे छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मेनरोड क्षेत्रका प्रभावित बासिन्दाद्वारा सिटी जुलुस
मुख्य समाचार

मेनरोड क्षेत्रका प्रभावित बासिन्दाद्वारा सिटी जुलुस

प्रकाशित : २०८० असार १८,सोमबार
नारायणी अस्पतालमा निःशुल्क भोजन सेवालाई खाद्यान्न सहयोग
मुख्य समाचार

नारायणी अस्पतालमा निःशुल्क भोजन सेवालाई खाद्यान्न सहयोग

प्रकाशित : २०८० असार १८,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद