Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

बारामा धमाधम पक्राउ पर्दै मिटरब्याजीहरु

by अनलाईन वीरगंज
प्रकाशित : २०८० असार १६,शनिबार
A A
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । बारामा अनुचित लेनदेन (मिटरब्याज) अन्तर्गतको उजुरी अनुसन्धानका क्रममा आरोपित व्यक्तिहरू पक्राउ पर्न थालेका छन्। जिल्ला प्रशासन कार्यालय बाराको आदेशमा बारा प्रहरीले हालसम्म १५ जना आरोपित व्यक्तिलाई पक्राउ गरेको छ।

बारा जिल्लामा परेका मिटरब्याजी सम्बन्धि ३ हजार ३२२ वटा उजुरीमध्ये हालसम्म २३० वटा उजुरीको छलफल भएकोमा १४९ वटा फस्र्योट भइसकेको बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बताए । जिल्ला प्रशासन कार्यालयको आदेशमा बारा प्रहरीले १५ जना आरोपित व्यक्तिलाई पक्राउ गरेकोपनि उनले बताए । पक्राउ परेकामध्ये कतिपय रकम मिलान र सहमति भएपछि छुटेका छन्।

न्याय निरूपणका क्रममा आरोपित व्यक्ति र उजुरीकर्तालाई कार्यालयमा बोलाएर बयान लिने कार्य भइरहेको उनले जानकारी दिए। धेरै उजुरी परेका कारण कार्यालयको काम नै प्रभावित हुन नदिन तीन वटा टोली बनाएर दैनिक ३० वटा उजुरीको छलफल गराउने र सहमतिमा किनारा लगाउने काम भइरहेको प्रजिअ सापकोटाले बताए।

जितपुरसिमरा नगरपालिका बस्ने सिर्जना गिरी मिटरब्याज र बैङ्किङ कसुर मुद्दा अन्तर्गत पक्राउ परेकी छन्। निजगढ नगरपालिका निवासी सुजित घिसिङले २० लाख रुपियाँ बराबरको चेक अनादर मुद्दा दायर गरेपछि गिरीलाई पक्राउ गरिएको हो। गिरीले स्थानीय व्यापारीहरूको करिब १० करोड बढीको अनुचित लेनदेन (मिटरब्याज) को कारोबार गरेको देखिएपछि गिरीलाई पक्राउ गरिएको बाराका प्रहरी उपरीक्षक होविन्द्र बोगटीले बताए। मधेस खबर

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

बारा–कलैयामा सार्वजनिक जग्गा अतिक्रमण हटाउन ३५ दिने अल्टिमेटम
मुख्य समाचार

बारा–कलैयामा सार्वजनिक जग्गा अतिक्रमण हटाउन ३५ दिने अल्टिमेटम

प्रकाशित : २०८० असार १६,शनिबार
वीरगन्ज चिनी कारखाना ‘हत्या’ भएको आरोप, दोषी पहिचान र सुधारका लागि अन्सारीको कडा माग
आर्थिक

वीरगन्ज चिनी कारखाना ‘हत्या’ भएको आरोप, दोषी पहिचान र सुधारका लागि अन्सारीको कडा माग

प्रकाशित : २०८० असार १६,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद