Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

जीतपुरसिमरा उपमहानगरले ल्यायो १ अर्ब ८० करोडको बजेट

by अनलाईन वीरगंज
प्रकाशित : २०८० असार १४,बिहीबार
A A
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि झण्डै दुई अर्बको बजेट ल्याएको छ ।बुधबार सम्पन्न आठौं नगरसभाको दोस्रो बैठकमा उपमहानगरपालिकाका उपमेयर भोलाप्रसाद अधिकारीले दुई अर्ब एक करोड ८० लाख ४८ हजार रुपैयाँको बजेट प्रस्तुत गरेका हुन् ।

उपमेयर अधिकारीले प्रस्तुत गरेको बजेट र विनियोजन ऐन नगरसभाको बैठकले पारित पनि गरेको छ । असार २ गते मेयर राजन पौडेलद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा रहेर उपमेयर अधिकारीले बजेट ल्याएका हुन् ।

बजेटमा आगामी आर्थिक वर्षका लागि आन्तरिक स्रोततर्फ ४२ करोड चार लाख,राजश्व बाँडफाँडतर्फ ३९ करोड ७३ लाख, वित्तिय समानिकरण अनुदानको २८ करोड ७५ लाख, संघ र प्रदेशबाट प्राप्त हुने सशर्त, समपुरक र विशेष अनुदानतर्फ ५९ करोड १८ लाख गरी एक अर्ब ७० करोड आय हुने अनुमान गरिएको छ ।

अनुमानित आयभन्दा आगामी आर्थिक वर्षको बजेट ३१ करोड बढी छ । नगरसभामा बजेट प्रस्तुत गर्दै उपमेयर अधिकारीले अनुमानित आय भन्दा बढी देखिएको ३१ करोडको घाटा पूर्ति हुने गरी स्रोतको खोजी गरिने बताएका छन् ।

उपमेयर अधिकारीले शिक्षा, स्वास्थ्य,कृषि,भूमि, खेलकुद,पूर्वाधार,सशुासनसहित युवा,महिला,बालबालिका, वृद्धवृद्धालाई समेटेर बजेट विनियोजन गरेको बताएका छन् । समाजको सबै क्षेत्रलाई समेटेर ल्याइएको बजेटले समृद्ध उपमहानगर निर्माण गर्ने अभियानमा सहयोग पुग्नेमा आफू आशावादी रहेको उनले बताए ।

उपमेयर अधिकारीले नगरबासीको चाहना र आवश्यकताका थुप्रै योजनालाई आगामी बजेटले सम्बोधन गर्ने प्रयास गरेको बताएका छन् । आगार्मी वर्षका लागि वडागत बजेटतर्फ ३३ करोड भन्दा बढी रकम छुट्याइएको छ ।

भूगोल,जनसंख्याका आधारमा २४ वटा वडालाई ३३ करोड २९ लाख ८० बजेट छुट्याइएको हो । नगरस्तरीय योजनाका लागि ३१ करोड छुट्याइएको छ भने शिक्षातर्फ आठ करोड, स्वास्थ्यतर्फ चार करोड, महिला बालबालिकातर्फ दुई करोड, कृषि तथा पशुपंक्षीतर्फ करिब सात करोड, पूर्वाधारतर्फ पाँच करोड रकम छुट्याइएको छ ।

मेयर पौडेलको अध्यक्षतामा सम्पन्न नगरसभाको सहजीकरण प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वीरगञ्ज कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई भव्य विदाई, शिक्षा र भविष्य निर्माणमा जोड
मुख्य समाचार

वीरगञ्ज कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई भव्य विदाई, शिक्षा र भविष्य निर्माणमा जोड

प्रकाशित : २०८० असार १४,बिहीबार
नहर पुरेर सडक निर्माण: ३० लाखको योजना विवादमा, स्थानीय आक्रोशित
मुख्य समाचार

नहर पुरेर सडक निर्माण: ३० लाखको योजना विवादमा, स्थानीय आक्रोशित

प्रकाशित : २०८० असार १४,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद