Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

मधेसका औद्योगिक समस्या बारेमा उद्योगमन्त्री रिजाललाई ध्यानाकर्षण

by अनलाईन वीरगंज
प्रकाशित : २०८० असार १३,बुधबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । मधेसको औद्योगिक समस्या, पर्यटनको सम्भावना, पूर्वाधार निर्माण तथा विकास र औद्योगिक समस्याको समाधानका लागि उद्योगमन्त्री रमेश रिजालको ध्यानाकर्षण गराइएको छ । मंगलबार नेपाल एशोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) मधेस प्रदेशका अध्यक्ष मोहन शर्मा नेतृत्वको टोलीले उद्योगमन्त्री रिजाललाई सिंहदरबारमै भेटेर ध्यानाकर्षण गराएको हो ।

टोलीमा नाट्टाका निवर्तमान अध्यक्ष अच्युत गुरागाईं, नाट्टाका पूर्वअध्यक्ष राम श्रेष्ठ, पर्यटनविद् डा।हिमलाल घिमिरे लगायत रहेका थिए । हालै चीन भ्रमणबाट फर्किएका उद्योगमन्त्री रिजाल नेपालको पर्यटकीय सम्भावनाबारे जानकार रहेको भन्दै मधेस प्रदेशमा देखिएको औद्योगिक समस्या र त्यसको समाधानका लागि तत्काल पहल गर्न लाग्नुपर्ने भन्दै शर्मा नेतृत्वको टोलीले संघीय सरकारकै ध्यानाकर्षण गराएको हो ।

शर्मा जितपुर सिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष हुन् भने नेपाल उद्योग वाणिज्य महासंघ, मधेस प्रदेशको पर्यटन हवाई तथा यातायात समितिका सभापतिसमेत छन् । मधेसमा विद्युतको समस्याले उद्योगहरु संकटमा परेको र मजदूर पलायनको अवस्थामा रहेको भन्दै त्यसका लागि संघीय सरकारबाटै तत्काल कदम चाल्नुपर्ने अध्यक्ष शर्माले बताए । यसका लागि नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय समितिको पनि ध्यानाकर्षण गराइएको भन्दै उनले सरकारका तर्फबाट तत्कालको संकट टार्नेगरी काम अघि बढाउन आवश्यक रहेको बताए ।

उद्योग मन्त्री रिजाललाई जेठ २६ र २७ गते बाराको सिमरामा भएको मधेस कन्क्लेभको प्रतिवेदनसमेत बुझाइएको थियो । भेटमा नाट्टाका निवर्तमान अध्यक्ष अच्युत गुरागाईंले नेपालको पर्यटन विकासमा प्रवद्र्धनसँगै पूर्वाधार विकासको कामलाई पनि महत्व दिनुपर्ने भन्दै आगामी नयाँ आर्थिक वर्षको कार्यक्रम र बजेट कार्यान्वयनमा पर्यटनलाई विशेष जोड दिन मन्त्री रिजाललाई आग्रह गरे ।

‘नेपालको विकास र समृद्धिमा पर्यटन एक महत्वपूर्ण खम्बा हो । यसका लागि उद्योग मन्त्रालयको भूमिका अझ विशेष छ’ उनले मन्त्री रिजालसँग भने, ‘अबका दिनमा उद्योग मन्त्रालयले नै पर्यटन पूर्वाधार र संरचनाको काममा विशेष जोड दिन आवश्यक छ ।’ भेटमा पर्यटनविद् डा।हिमलाल घिमिरेले मधेस कन्क्लेभमा भएका विषयमाथिको बहस तथा छलफलको सबै तथ्य प्रतिवेदनमा समेटिएको भन्दै प्रतिवेदनमा औल्याइएका विषयमा आगामी दिनमा सरकारको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनमा समेटिन आवश्यक रहेको बताए ।

शर्माकै संयोजकत्वमा भएको मधेस कन्क्लेभमा पर्यटन, औद्योगिक विकास, चुरे संरक्षण, मधेसको आगामी योजना तथा कार्यक्रमका विषयमा छलफल भएको थियो । सो कन्क्लेभको प्रतिवेदन यसअघि पर्यटनमन्त्री सुदन किराँती, मधेस प्रदेश सरकार र उद्योग विभाग तथा सहयोग गर्ने स्थानीय तहका प्रमुखलाई पनि बुझाइएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पर्सा नापी कार्यालयमा घुस काण्डपछि विवाद चर्कियो, नापी अधिकृत दीपक कुमार सिंहमाथि गम्भीर आरोप
आर्थिक

पर्सा नापी कार्यालयमा घुस काण्डपछि विवाद चर्कियो, नापी अधिकृत दीपक कुमार सिंहमाथि गम्भीर आरोप

प्रकाशित : २०८० असार १३,बुधबार
पर्सामा असहायहरूलाई चिसो छल्न न्यानो कम्बल वितरण
मुख्य समाचार

पर्सामा असहायहरूलाई चिसो छल्न न्यानो कम्बल वितरण

प्रकाशित : २०८० असार १३,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद