Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

जिराभवानी गाँउपालिकाद्वारा ३४ करोड ८० लाख लाख रुपैयाँको बजेट सार्वजनिक

by अनलाईन वीरगंज
प्रकाशित : २०८० असार १०,आईतवार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । पर्साको जिराभवानी गाँउपालिकाको १२ ओैं गाँउसभा आइतबार सम्पन्न भएको छ । आइतबार आयोजित गाँउसभामा गाँउपालिका अध्यक्ष अनोज चौधरीले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ३४ करोड ८० लाख रुपैयाको बजेट प्रस्तुत सार्वजनिक गरेका हुन् ।

गाउपालिका अध्यक्ष अनोज चौधरीले राजनितिकर्मीको निति लिएर बिकास कारँय गर्नुभन्दा समाजसेवी भएर बिकासको बाटोमा लाग्नु आवश्यक रहेको बताए। बिकास कार्यमा बाधा अवरोध नगर्न अनुरोध गर्दै एकता बनाएर बिकासको बाटोमा लागे समृद्ध गाउपालिका बनाउन सकिने अध्यक्ष चौधरीले बताए।

अगामी आर्थिक बर्षका निति तथा कार्यक्रम गाउपालिका उपाध्यक्ष रेखा चौधरीले प्रस्तुत गरेका थिए। आगामी आबको निति अन्तर्गत जिराभवानी गाँउपालिकाले शिक्षा , कृषि, स्वास्थ्यलाई मूख्य प्राथमिकतामा राखेका छन। गुणस्तर शिक्षाका लागि कतिपय नया कार्यक्रम थप्प गरिएका छन। एक वडा एक माध्यमिक बिद्यालयको अवधारणा ल्याई हरेक , जाती, धर्म तथा समूदायका बालबालिकाहरुलाई शिक्षामा अनिवार्य पहुच गराउने निति ल्याएका छन। बिद्यालयमा रहेका बिद्यार्थीहरुको अनुपातमा शिक्षक दरबन्दी मिलान गरी सर्वसाधारणहरुमा गुणस्तर शिक्षा प्रदान गरिने निति रहेका छन।

यसका साथै उपाध्यक्ष चौधरीले अगामी बर्षमा किसानहरुलाई बिभिन्न किसिम्मका खेती गर्न सहज हुने गरी निति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।दिनहु सुखाड भइरहेको अवस्थामा सिचाईका लागि दमकल प्रयोग गर्दा निकै खर्चिलो भएका कारणले गाउपालिकाले अगामी बर्षमा बिद्युतिय सिचाईका कार्यक्रम ल्याउने भएका छन। पालिका अन्तर्गतका किसानका लागि निःशुल्क बिद्युतिय मिटर जडान गरी सिचाई गरे वापत उठेका बिद्युत महशुल पनि पालिकाले तिर्ने निति ल्याइएका छन।

यसका साथै सिचाईका स्रोत अन्तर्गतका नदी, खोलामा स साना सिचाईका आयोजना संचालनमा ल्याउने जनाइएका छन। साथै बिभिन्न कारणले सुक्दै गएका पानीको मुहानको संरक्षण तथा संबर्धन गरिने निति रहेका छन। यसका साथै उन्नत पशुपालन, पशु बिमा, बाली बिमा, गोठ तथा भकारी सुधार कार्यक्रम संचालन गरिने उपाध्यक्ष चौधरीले बताईन। पालिकाका पाचै वडाहरुमा नया कृषि सडक निर्माण गरिने निति रहेका छन।

सस्तो दरमा एम्बुलेंस सेवा उपलब्ध गराउने तथा सुत्केरीका लागि निःशुल्क एम्बुलेंस सेवा उपलब्ध गराउने कार्यलाई निरन्तरता दिने र थप्प एक वटा एम्बुलेंस खरिद गरी सेवालाई प्रभाकारी बनाउने निति रहेका छन। गाँउपालिकाबासीहरुलाई ब्लड बैकबाट निःशुल्क रगत उपलब्ध गराउने सेवालाई निरन्तरता दिने अगामी निति रहेका छन।

यसका साथै पर्यटन भित्रियाउन संभावित स्थान जिराभवानी मन्दिर, लाटोमाई, सुगिभार मन्दिर परिसरलाई बिकास गर्ने निति रहेका छन। साथै संभावित स्थानको मूल्याकंन गरी भ्यू टावरको निर्माण समेत गरिने निति रहेका छन।

यसका अलावा पालिका भित्र रहेका मुख्य सडकलाई तीस फिट चौडा बनाईने, सडकको दाया बाया रहेका एलानी जग्गामा बृक्षारोपण गरिने जनाइएका छन। अगामी बर्षमा जिल्लाकै ठूलो खेल परसवा गोल्डकप आयोजना गरिने निति लिएका छन।

गाउपालिका अध्यक्ष अनोज चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडाध्यक्ष रामशरण ख्वास, महादेव महतो थारु, सुरज राय, दारा सिंह राउत थारु, कार्यपालिका सदस्य सरोज चौरसिया, रुना माझी मुस्हर, बसन्ती देवी वडा सदस्य नन्दकिशोर साहले शुभकामाना मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अमित कुमार गिरी, शिक्षा अधिकृत, स्वास्थ्य शाखा प्रमुख, लेखा प्रमुख लगायतका उपस्थिति रहेका थिए।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

स्वास्थ्य, शिक्षा र रोजगारीको एजेन्डासहित चैनपुर टोलमा राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवार सुशील कुमार कानु को घरदैलो
मुख्य समाचार

स्वास्थ्य, शिक्षा र रोजगारीको एजेन्डासहित चैनपुर टोलमा राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवार सुशील कुमार कानु को घरदैलो

प्रकाशित : २०८० असार १०,आईतवार
प्रदीप यादव उम्मेदवार बनेपछि एमालेमा प्रवेशको लहर, वीरगंज–१३ मा शक्ति विस्तार
मुख्य समाचार

प्रदीप यादव उम्मेदवार बनेपछि एमालेमा प्रवेशको लहर, वीरगंज–१३ मा शक्ति विस्तार

प्रकाशित : २०८० असार १०,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद