Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

जगरनाथपुर गाउँपालिकाको बजेट ४१ कराेड ८८ लाख

by अनलाईन वीरगंज
प्रकाशित : २०८० असार १०,आईतवार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । पर्साकाे जगरनाथपुर गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ४१ कराेड ८८ लाख रुपैयाँकाे अनुमानित आयव्यय सहितकाे बजेट ल्याएकाे छ ।

आइतबार आयाेजित गाँउपालिकाकाे ९ औं गाउँसभामा गाँउपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवले अगामी आर्थिक बर्ष २०८०/०८१ा काे लागि ४१ कराेड ८८ लाख रुपैयाँको बजेट प्रस्तुत गरेका हुन् ।

अध्यक्ष यादवका अनुसार, आगामी आर्थिक वर्षकाे नीति तथा कार्यक्रम र बजेटमा शिक्षा , स्वास्थ्य , धार्मिक स्थल तथा भाैतिक पुर्वाधारकाे क्षेत्रलाई प्राथमिकतामा राखिएकाे छ।

बजेट प्रस्तुत गर्दै अध्यक्ष यादवले गाउँपालिका अध्यक्ष यादवले विद्यालयमा विद्यार्थीलाई ल्याउ, टिकाउ र सिकाउ अभियान संचालन गरिने वताए । उनले विद्यालयलाई आपंगता तथा बालमैत्री बनाइनेपनि वताए ।उनले भने “कक्षा १० का विद्यार्थीहरुकाे लागि अतिरिक्त कक्षा संचालन गरिने छ । एसईईमा उत्कृष्ट अंक ल्याएर उतिर्ण हुने छात्र/छात्राहरुलाई प्राेत्साहनसहित छात्रवृति प्रदान गरिने छ ।”

अध्यक्ष यादवले गाउँपालिकाबाट प्रवाह हुने सेवा मुस्कानसहित प्रदान गरिने बताए । उनले सासु, ससुरालाई राम्राेसंग स्याहार सुसार गर्ने बुहारीलाई सम्मान गरिने समेत बताए ।

प्रत्येक वडाकाे स्वास्थ्य चाैकीमा एमबिबिएस डाक्टरकाे व्यवस्था गरिने र गाउँपालिकामा १५ बेडकाे अस्पताल संचालनकाे लागि संघ र प्रदेश सरकारसंग पहलन गरिने पनि उनले बताए ।

उनले जगरनाथपुुर गाउँपालिकालाई समृद्ध र सुखी बनाउने दिर्घकालीन उद्देश्य अनुरुप आर्थिक सामाजिक विकासको मौलिक ढाँचामा गाउँपालिका अगाडि बढि रहेको बताए ।

बजेटमा शिक्षा तर्फ २ कराेड ३५ लाख२० हजार, स्वास्थ्य तर्फ १ कराेड १३ लाख, कृषि तर्फ ८५ लाख ५५हजार , मठमन्दिर तथा मस्जिद जस्ता धार्मिक सम्पदाका लागि १ करोड ४३ लाख रुपैयाँ विनियोजन गरिएको यादवले जानकारी गराए ।

गाउँसभाको उदघाटन नेपाली कांग्रेसका नेता एंव प्रदेश सभा सदस्य शंकर प्रसाद चौधरीले गरेका थिए ।गाँउपालिका अध्यक्ष यादवकाे अध्यक्षतामा आयाेजित गाँउसभामा गाँउपालिका उपाध्यक्ष बबिता सिंह,नेपाली कांग्रेसका जिल्ला सहसचिव नविन सिंह, क्षेत्रीय सचिव बलिष्टर अहमद, गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण नन्दन राय, वडाअध्यक्ष, वडासदस्य, कार्यपालिका सदस्य, कर्मचारी लगायतकाे सहभागीता थियाे ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वीरगञ्ज बजारमा नक्कली नेपाली नोटको बिगबिगी, बीसीसीआईद्वारा सचेत रहन आग्रह
मुख्य समाचार

वीरगञ्ज बजारमा नक्कली नेपाली नोटको बिगबिगी, बीसीसीआईद्वारा सचेत रहन आग्रह

प्रकाशित : २०८० असार १०,आईतवार
राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा पर्सा–२ मा अगुवा नेता तथा कार्यकर्ता भेला सम्पन्
मुख्य समाचार

राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा पर्सा–२ मा अगुवा नेता तथा कार्यकर्ता भेला सम्पन्

प्रकाशित : २०८० असार १०,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद