वीरगञ्ज । पर्साकाे पटेर्वा सुगाैली गाँउपालिकाकाे ११ओैं गाँउसभा आइतबार सम्पन्न भएकाे छ ।
गाँउसभामा गाँउपालिका उपाध्यक्ष ममता महताे थारुले आगामी आर्थिक वर्ष २०८०/८१ काे लागि ३८ कराेड १५ लाख ६ हजार ३ सय रुपैयाँको अनुमानित आय व्ययसहितकाे बजेट प्रस्तुत गरिन् ।
गाँउपालिका अध्यक्ष दिनेश चाैधरीले नीति तथा कार्यक्रममा पालिकाले कृषि, शिक्षा , स्वास्थ्य , पर्यटन र भाैतिक पुर्वाधारकाे क्षेत्र मुख्य प्राथमिकतामा राखिएकाे बताए ।
गाँउसभामा पालिकाले विभिन्न क्षेत्रमा याेगदान पुर्याएका व्यक्तित्व र कर्मचारीलाई दाेशल्ला ओढाएर प्रशंसापत्र प्रदान गरि सम्मानित पनि गरेकाे वडा नम्बर २ का वडा अध्यक्ष विजय गैरेले जानकारी दिए ।
गाँउपालिका अध्यक्ष चाैधरीकाे अध्यक्षता तथा पुर्व गाविस अध्यक्ष एंव समाजसेवी प्रमेश्वर गाैराेकाे प्रमुख आतिथ्यतामा भएकाे गाँउसभामा सबै वडाका वडाअध्यक्ष , वडासदस्य, कार्यपालिका सदस्य , प्रमुख प्रशासकीय अधिकृत सन्देश यादव, कर्मचारी लगायतको सहभागीता रहेकाे थियाे र