वीरगञ्ज । आगामी आर्थिक वर्षका लागि संघीय सरकार ल्याएको बजेट मधेस विरोधी भएको भन्दै वीरगन्जमा जनमत पार्टीका नेता कार्यकार्ताहरुले बजेटको प्रतिलिपी जलाएका छन् ।
बिहीबार अपरान्ह घण्टाघर चोकमा जनमत पार्टीका नेता कार्यकर्ताहरुले प्रदर्शन गर्दै बजेटको प्रतिलिी जलाएका हुन् । संघीय सरकारले बजेट संशोधन नगरे अझ सशक्त आन्दोलनमा उत्रिने चेतावनीपनि उनिहरुले दिएका छन् ।
आगामी आर्थिक वर्षका लागि संघीय सरकारले ल्याएको बजेटमा मधेस प्रदेशलाई उपेक्षा गरि सबै भन्दा कम बजेट विनियोजन गरिएकोले विरोध गरिएको जनमत पार्टी पर्साका संयोजक ओमप्रकाश सर्राफले बताए । सरकारले मधेसी जनताबाट करमात्रै उठाउने तर मधेसलाई बजेट नदिने प्रबृति दोहोरयाएर अहिलेको सरकारले बजेट ल्याएकोले उक्त बजेट बजेट जलाइएको सर्राफले बताए ।
प्रदर्शनमा सहभागी जनमत पार्टीकी नेतृ एंव पूर्वराज्यमन्त्री करिमा बेगमले मधेसीमाथि शासकको औपनिवेशिक शासन जारी रहेको भन्दै यस्तो बजेट स्वीकार नगर्ने चेतावनी दिइन् । जनमत पार्टीका नेता शशी कपुर मियाँले बजेट संशोधन नगरिए र शासकले मधेसप्रतिको विभेद जारी राखे मधेसमा पुन आन्दोलन चर्कााउने चेताावनी दिए ।
प्रदर्शनमा जनमत पार्टीका नेता बीपी साह, राष्ट्रिय परिषद सदस्य डा. अजय यादव, जिल्ला इन्चार्ज माधव सिह,सहसंयोजक मुकेश द्विवेदी , नेताहरु प्रहलाद गिरि , श्याम गुप्ता ,अनिता रौनीयार , विधार्थी नेता राजुराज गिरि लगायतका नेता कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।