Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्जका ट्रान्सपोर्टहरु भोली शुक्रवारबाट सुचारु हुने

by अनलाईन वीरगंज
प्रकाशित : २०८० असार ७,बिहीबार
A A
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । बीरगंजका ट्रान्सपोर्ट व्यवसायीहरुले उठाउदै आएको मागका सम्बन्धमा स्थानिय प्रहरी प्रशासन र राजस्व अनुसन्धान विच ४ बुंदे सहमति भएपछि अनिश्चितकालका लागि बन्द भएको वीरगञ्जका ट्रान्सपोर्टहरु भोलीबाट सुचारु हुने भएका छन ।

जिल्ला प्रशासन कार्यालयमा आज साँझ भएको वार्तामा राजस्व अनुसन्धान कार्यालय पर्सा प्रहरी, ढुवानी व्यवसायी विच समग्र रुपमा ढुवानी व्यवसायलाई गलत नियतले हेर्न नहुने र गलत गर्नेलाई निगरानीमा राखि कारवाही गर्ने विषयमा त्रिपक्षिय सहमति भएपछि बीरगंजमा ४ दिन देखि अनिश्चितकालका लागि बन्द भएको ढुवानी सेवा भोली शुक्रवार बाट सुचारु हुने सहमति भएको ट्रान्सपोर्ट एशोसिएसन पर्साका सचिव नवराज अधिकारीले जानकारी दिनुभयो ।

पछिल्लो समय ढुवानी सेवामा प्रहरी प्रशासन र राजश्व अनुसन्धान विभागले राजस्व छलिको अभियोगमा अनाहकमा दुःख दिन थालेको भन्दै सोको विरोधमा वीरगञ्जका ट्रान्सपोर्ट व्यवसायीहरुले आफ्नो कारोबार अनिश्चितकालको लागि बन्द गरी धर्नामा उत्रिएका हुन ।

व्यवसायीहरुले मंगलबार आफ्नो कार्यालयको ताला चाबी समेत जिल्ला प्रशासन कार्यालय पर्सामा पुगेर प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलाई बझाइएका थिए । वीरगञ्जका ७० जना ट्रान्सपोर्ट व्यवसायीहरुको तालाचाबी प्रमुख जिल्ला अधिकारलिाई बुझाईएको ट्रान्सर्पोटको ताला चाबी आज सहमति भएसँगै प्रमुख जिल्ला अधिकारीसँग फिर्ता लिएका छन।

वार्ता सौहार्द पूर्ण रुपमा सम्पन्न भएको र ढुवानी सेवा भोलीबाट सुचारु हुने पर्सा प्रमुख जिल्ला अधिकारी रेग्मीले बताउनु भयो ।

मुलुकमै ‘ट्रान्सपोर्ट हब’को रुपमा रहेको आर्थिक तथा व्यापारिक वीरगन्जमा ६ दर्जन भन्दा बढी व्यवसायी ढुवानी सेवामा आवद्ध रहेका छन् । वीरगन्जका दुईवटा भन्सार र औद्योगिक क्षेत्र बाहेक ट्रान्सपोर्ट एशोसिएशनमा आवद्ध व्यवसायीहरुले दैनिक सयौँ ट्रक सामान मुलुकको विभिन्न क्षेत्रमा ढुवानी गर्दै आएका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८० असार ७,बिहीबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८० असार ७,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद