Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्जबाट हुने ढुवानी सेवा अनिश्चितकालका लागि बन्द

by अनलाईन वीरगंज
प्रकाशित : २०८० असार ७,बिहीबार
A A
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

ट्रान्सपोर्ट व्यवसायीले वीरगन्जबाट हुने खुद्रा तथा फुलट्रीप ढुवानी अनिश्चितकालका लागि बन्द गरेका छन् । ढुवानीको क्रममा हुने विभिन्न समस्याको समाधानको पहलमा सम्बन्धित निकायले उदासिनता देखाएको भन्दै ट्रान्सपोर्ट व्यवसायीहरुले मंगलबारदेखि ढुवानी सेवा बन्द गरेका हुन् । ट्रान्सपोर्ट व्यवसायीहरुले ढुवानीको क्रममा हुने समस्याबारे पटक पटक ध्यानाकर्षण गराउँदा समेत कुनै किसिमको पहल नभएपछि सेवा बन्द गरि साँचो पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलाई बुझाएका हुन् ।

वीरगञ्जको आदर्शनगर स्थित ट्रान्सपोर्ट एशोसिएशनको कार्यालयमा बसेको बैठकले सामान ढुवानीको क्रममा उत्पन्न हुने समस्याहरु हल गर्न स्थानीय प्रहरी प्रशासन र राजस्व अनुसन्धान विभागले कुनै पहल नगरेकोले खुद्रा तथा फुलट्रीप ढुवानी सेवा बन्द गरिएको ट्रान्सपोर्ट व्यवसायीहरुको भनाई छ । ढुवानी समस्या समाधानका लागि व्यवसायीहरु गत शुक्रबार पर्साका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयलाई ज्ञापन पत्र बुझाएको थियो ।

ज्ञापनपत्र बुझाएकै दिन एशोसिएशनले पत्रकार सम्मेलन गरि राजस्व र प्रहरीले दिदै आएको अनावश्यक दुःखको समाधान नगरे ढुवानी सेवा बन्द गर्ने चेतावनी समेत दिइएको थियो । तर हालसम्म सम्बन्धित निकायबाट कुनै किसिमको पहल नभएपछि बाध्य भएर अनिश्चितकालका लागि ढुवानी सेवा बन्द गरिएको उनीहरुको भनाई छ ।

उनीहरुका अनुसार सामानहरु कानूनसम्मत रुपमा ढुवानी गर्दै आएपनि प्रहरीले अनावश्यक रुपमा बिलबिजक नै नभएको जस्तो दुव्र्यवहार गरि अनुसन्धानका नाममा राजस्व तथा भन्सार कार्यालयमा पठाउने गरेको बताए । बिलबिजक भएका सामान समेत राजस्व अनुसन्धानमा चेकजाँच गराउँदा १० देखि १२ दिनसम्म लाग्ने गरेको छ । यसबाट व्यवसायीहरुले अनावश्यक रुपमा झनझट खेप्नु परेको उनीहरुको भनाई छ ।

 

एउटा मालवाहक ट्रकमा खुद्रा सामानका कम्तिमा ४० देखि एक सय सम्म पार्टीहरु हुन्छन्, सबै पार्टीको श्रोत ल्याउनु, केहिको खाता ल्याउनु, पार्टी बोलाउनु, अडिटर बोलाउनु जस्ता अनेकौं विषयको झनझन राजस्व अनुसन्धान कार्यालयमा हुने गरेको उनीहरुको भनाई छ । बिल बिजक भएका पार्टीको सामान पनि चेकजाँचको नाममा १० देखि १२ दिनसम्म थन्किरहन्छ, जसको कारण ट्रक डिटेन्सन हुँदा प्रतिदिन चालक र सहचालकलाई ५ हजार रुपैयां खर्च दिनुपर्ने कारण व्यवसायीहरु मर्कामा परेको बताए ।

भीसीटीएसको माध्यबाट सरकारको अनलाईन कम्प्युटरमा प्रविष्टिकरण भई पठाइएको माल सामान तथा पार्टीको सम्पूणर् लेखाजोखा कम्प्युटरमा हुँदाहुँदै त्यसको उपयोग नगरी ढुवानी व्यवसायीहरुलाई मात्र अप्ठ्यारोमा पार्ने काम भइरहेको ढुवानी व्यवसायीहरुको भनाई छ । अनुसन्धान प्रक्रिया छरितो पार्नुपर्छ, गलत गर्नेलाई कारवाही गर्नुपर्छ, तर सही काम गर्दा गर्दै पनि प्रहरी र राजस्वको रवैयाले अधिकांश ढुवानी व्यवसायी मर्कामा परि रहेको उनीहरुको आरोप छ ।

समास्या समाधान नहुन्जेलसम्म ढुवानी सेवा ठप्प रहने ट्रान्सपोर्ट एशोसिएशनले जनाएको छ । ‘ट्रान्सपोर्ट हब’ को रुपमा रहेको वीरगंजमा ६ दर्जन भन्दा बढी व्यवसायी ढुवानी सेवामा आवद्ध छन् । वीरगंजका दुईवटा भन्सार र औद्योगिक क्षेत्र बाहेक ट्रान्सपोर्ट एशोसिएसनमा आवद्ध व्यवसायीहरुले दैनिक एक सयको हाराहारीमा ट्रकमा विभिन्न माल सामान लोड गरि मुलुकको विभिन्न क्षेत्रमा ढुवानी गर्दै आएका छन् । सभार : न्युज २४ ,हरिशंकर

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

कक्षा १२ मा तीन जिल्लामै उत्कृष्ट बनेकी छात्रा कुसुम खातुन सम्मानित
मुख्य समाचार

कक्षा १२ मा तीन जिल्लामै उत्कृष्ट बनेकी छात्रा कुसुम खातुन सम्मानित

प्रकाशित : २०८० असार ७,बिहीबार
साउथजोन विद्यालयमा विद्यार्थी परिषद् पदाधिकारीको सपथ, उत्कृष्ट विद्यार्थी सम्मानित
मुख्य समाचार

साउथजोन विद्यालयमा विद्यार्थी परिषद् पदाधिकारीको सपथ, उत्कृष्ट विद्यार्थी सम्मानित

प्रकाशित : २०८० असार ७,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद