Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

विद्यार्थीहरुलाई ४५ % छुटकाे माग गर्दै वीरगञ्जमा प्रदर्शन

by अनलाईन वीरगंज
प्रकाशित : २०८० असार ६,बुधबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । विद्यार्थीहरुकाे लागि सार्वजनिक यातायातमा भएकाे ४५ प्रतिशत छुटकाे व्यवस्था लागु गर्न माग गर्दै प्रभु साह नेतृत्वकाे आम जनता पार्टी निकट आम विद्यार्थी माेर्चाले बुधबार वीरगञ्जमा विराेध प्रदर्शन गरेकाे छ ।

वीरगञ्ज बसपार्कबाट सुरु भएकाे विराेध प्रदर्शन जिल्ला प्रशासन कार्यलय वीरगञ्ज पुगि पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलाई ज्ञापन पत्र समेत बुझाएकाे आम विद्यार्थी माेर्चा पर्साका अध्यक्ष दिपेन्द्र साहले जानकारी दिए ।

सार्वजनिक यातायातमा विद्यार्थीहरुलाई भएको ४५% छुटको व्यवस्था लागु गर्नुकाे साथै अपाङ्ग, जेष्ठ नागरिक र महिलालाई आरक्षण सीटको व्यवस्था लागू गर्न हाम्राे माग रहेकाे उनले वताए ।

आम बिद्यार्थी मोर्चाका केन्द्रिय अध्यक्ष बिबेक साह नेतृत्वकाे विद्यार्थीहरुले देशभर जस्तै जिल्ला प्रशासन कार्यालय पर्सामा समेत पुगि विद्यार्थी छुटकाे व्यवस्था कार्यन्वयन गराउन माग गर्दै ज्ञापन पत्र बुझाएकाे जिल्ला अध्यक्ष दिपेन्द्रले जानकारी गराए ।

आम विद्यार्थी माेर्चाले वुझाएकाे ज्ञापन पत्रमा विद्यार्थीहरुलाई सार्वजनिक यातायातमा ४५% छुटको व्यवस्था रहेको विषय सर्वविदित नै छ । तर विडम्बना अहिले मुख्यतः काठमाडौं उपत्यका बाहेक देशका अधिकांश ठाउँहरुमा व्यवहारतः विद्यार्थीहरुलाई सार्वजनिक यातायात ४५% छुट लागु भएको नदेखिएकाे उल्लेख छ ।

कलैया, जितपुर र पोखरीया लगायतका ठाउँहरुबाट विद्यार्थीहरु दिनहुँ वीरगञ्जमा अध्ययन गर्न आउदा सार्वजनिक यातायातमा विद्यार्थीहरुले छुट समेत नपाईरहेका विषय आम विद्यार्थी माेर्चाले ज्ञापन पत्र मार्फत अवगत गराउँदै यस्ता गलत कार्यहरुलाई तुरन्त रोकी यस क्षेत्रमा पनि नियमानुसारको सम्पूर्ण व्यवस्था कार्यान्वयनमा ल्याउन माग गरेकाे छ ।

साे ज्ञापन पत्र जिल्ला ट्राफिक प्रहरी कार्यालय, वीरगञ्ज र बस व्यावसायी संघ, विरगंजलाई समेत वाेद्धार्थ गरिएकाे छ ।

ज्ञापन पत्र बुझाउन आम बिद्यार्थी मोर्चाका ईन्चार्ज उमेश कुशवाहा, मधेस प्रदेस सह- इन्चार्ज दिपेन्द्र साह, मधेस प्रदेस अध्यक्ष राकेश बैठा लगायतकाे सहभागिता रहेकाे थियाे ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पर्सा–३ का एमाले उम्मेदवार पाण्डेयको घरदैलो कार्यक्रममा युवाहरुको उत्साहजनक सहभागिता
मुख्य समाचार

पर्सा–३ का एमाले उम्मेदवार पाण्डेयको घरदैलो कार्यक्रममा युवाहरुको उत्साहजनक सहभागिता

प्रकाशित : २०८० असार ६,बुधबार
पर्सा–२ मा कांग्रेसको शक्ति प्रदर्शनः अजयकुमार चौरसियाको घरदैलोमा व्यापक जनसहभागिता
मुख्य समाचार

पर्सा–२ मा कांग्रेसको शक्ति प्रदर्शनः अजयकुमार चौरसियाको घरदैलोमा व्यापक जनसहभागिता

प्रकाशित : २०८० असार ६,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद