Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्ज महानगरका १० स्थानमा फ्री वाइफाई सुरु

by अनलाईन वीरगंज
प्रकाशित : २०८० असार १,शुक्रबार
A A
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज, १ असार । वीरगञ्ज महानगरपालिकाले महानगरभित्रका विभिन्न सार्वजनिक स्थल एवं भिडभाड हुने सरकारी कार्यालय क्षेत्रमा निशुल्क वाइफाई (फ्री वाईफाई) सेवा सुरु गरेको छ । पहिलो चरणमा महानगरका १० ठाउँमा यस्तो सेवा उपलब्ध गराइएको हो ।

महानगरले इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंकसँगको सहकार्यमा घण्टाघर चोक, माइस्थान चोक, जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, जिल्ला अदालत, यातायात, नारायणी अस्पताल, विद्युत प्राधिकरण, भन्सार कार्यालय र महानगर कार्यालय क्षेत्रमा फ्री वाईफाई सेवा सुरु गरेको हो ।

महानगरमा शुक्रबार औपचारिक कार्यक्रम गरि सेवा सञ्चालनको सुरुवात गरिएको हो । महानगर प्रमुख राजेशमान सिंहले फ्री वाईफाईको सुरुवात गर्दै महानगरवासीलाई समयानुकूल प्रविधिमैत्री सेवा विस्तार गरी वीरगञ्जलाई डिजिटल सहरको रुपमा अघि बढाउन यस्तो सेवा सुरु गरिएको बताउनुभयो । महानगरलाई आईटी हब बनाउने आफूहरुको घोषित नीति नै रहेकाले त्यसलाई कार्यान्वयन गर्न आफूहरु लागि परेको पनि उहाँले बताउनुभयो ।

हाललाई हरेक स्थानमा २ एमबीपीएस क्षमताको इन्टरनेट सुरु गरिएको र प्रयोगकर्ताको चाँपको आधारमा यसलाई बढाउँदै लगिने महानगरले जनाएको छ ।

आफूहरुले चुस्त सेवा दिने गरि महानगरसँग तीन वर्षका लागि सम्झौता गरेको वल्र्डलिंक कम्युनिकेशन्स लिमिटेड वीरगञ्ज शाखाका ब्रान्च म्यानेजर अरफात देवानले जानकारी दिनुभयो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

कक्षा १२ मा तीन जिल्लामै उत्कृष्ट बनेकी छात्रा कुसुम खातुन सम्मानित
मुख्य समाचार

कक्षा १२ मा तीन जिल्लामै उत्कृष्ट बनेकी छात्रा कुसुम खातुन सम्मानित

प्रकाशित : २०८० असार १,शुक्रबार
साउथजोन विद्यालयमा विद्यार्थी परिषद् पदाधिकारीको सपथ, उत्कृष्ट विद्यार्थी सम्मानित
मुख्य समाचार

साउथजोन विद्यालयमा विद्यार्थी परिषद् पदाधिकारीको सपथ, उत्कृष्ट विद्यार्थी सम्मानित

प्रकाशित : २०८० असार १,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद