Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

उद्योग मन्त्री रिजालले गरे उदयपुर सिमेन्ट उद्योगको स्थलगत अनुगमन

by अनलाईन वीरगंज
प्रकाशित : २०८० बैशाख ३०,शनिबार
A A
3
SHARES
18
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले जलजले स्थित उदयपुर सिमेन्ट उद्योग लिमिटेडको अनुगमन तथा निरीक्षण गरेका छन् । मन्त्री रिजालले उद्योगको प्लान्ट तथा खानि क्षेत्रको स्थलगत अनुगमन तथा निरीक्षण गरेका हुन् ।

उद्योगका महाप्रबन्धक गोपीकृष्ण न्यौपानेले मन्त्री रिजाललाई प्लान्ट तथा खानि क्षेत्रको स्थलगत जानकारी गराए । अनुगमनका क्रममा मन्त्री रिजालले उद्योगको खानि विभागमा कार्यरत कर्मचारीहरुसंग भेट गरे । कर्मचारीहरूले मन्त्री रिजाल समक्ष आफ्ना समस्या तथा गुनासो राख्दै सम्बोधन गरिदिन आग्रह गरेका थिए । अनुगमन तथा निरीक्षणमा आफ्नो मुख्य उद्देश्य नै कर्मचारीहरूको भावना बुझ्ने बताउँदै मन्त्री रिजालले यथाशिग्र सबै समस्याको समाधान गर्ने तर्फ आफू अग्रसर रहने बताए ।

मन्त्री रिजालले उद्योग परिसरमा समेत उद्योगमा कार्यरत कर्मचारीसँग भेट गरे । भेटका क्रममा उद्योगभित्रका चार युनियन (समग्र उद्योग ट्रेड युनियन नेपाल, नेपाल कारखाना श्रमिक संघ, अखिल नेपाल औद्योगिक मजदुर संघ र नेपाल औद्योगिक मजदुर सङ्गठन) ले साझा धारणा सहित मन्त्री रिजाललाई ज्ञापन पत्र बुझाएका थिए । बेला बेलामा उद्योग बन्द हुने गरेको लगायतका समस्याहरू सम्बोधन गरिदिन आग्रह गर्दै चार युनियनले निरन्तर उद्योग चल्ने वातावरणको सृजना गरिदिन मन्त्री रिजाललाई आग्रह गरे ।

उद्योग अवलोकनका क्रममा मन्त्री रिजालले जीर्ण भएका मेसिनहरू प्रति चासो देखाए । मेसिनका पार्टपुर्जा फेर्नु पर्ने, नयाँ मेसिन जडान गर्नु पर्ने भए सो अनुसार व्यवस्था गरी उद्योग सञ्चालनलाई निरन्तरता दिन मन्त्री रिजालको जोड रहेको थियो । उद्योग सञ्चालन र यसको निरन्तरताका निमित्त उद्योग मन्त्रालय गम्भीर रहेको बताउँदै मन्त्री रिजालले अपुग आवश्यक रकमका लागि प्रधानमन्त्री कार्यालय, तथा अर्थ मन्त्रालयसँग आफूले कुरा गर्ने बताएका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मेनरोड क्षेत्रका प्रभावित बासिन्दाद्वारा सिटी जुलुस
मुख्य समाचार

मेनरोड क्षेत्रका प्रभावित बासिन्दाद्वारा सिटी जुलुस

प्रकाशित : २०८० बैशाख ३०,शनिबार
नारायणी अस्पतालमा निःशुल्क भोजन सेवालाई खाद्यान्न सहयोग
मुख्य समाचार

नारायणी अस्पतालमा निःशुल्क भोजन सेवालाई खाद्यान्न सहयोग

प्रकाशित : २०८० बैशाख ३०,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद