Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home शिक्षा

वीरगंज महानगरद्वारा संचालित घुम्ती स्वास्थ्य शिविरबाट ६ सय भन्दा बढी महिला लाभान्वित

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ चैत्र २०,सोमबार
A A
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज,१९ चैत । पर्साको ग्रामीण भेगका विभिन्न वडामा संचालित घुम्ती स्वास्थ्य शिविरबाट ग्रामीण भेगका ६ सय भन्दा बढी महिलाहरु लाभान्वित भएका छन् ।ग्रामीण भेगका महिलाहरुलाई लक्षित गरी घरघरमै स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले वीरगंज महानगरपालिकाले घुम्ती स्वास्थ्य शिविरको आयोजना गरेको हो ।

आयोजित घुम्ती शिविरमा खासगरी ग्रामीण भेगका महिलाहरुमा पाईने आङ्ग खस्ने समस्या , पाठेघरको मुखको क्यान्सर ,स्तन क्यान्सर, फिस्टुला तथा पाठेघर सम्बन्धि स्क्रीनीङ्ग जाँच लगायतका विभिन्न स्वास्थ्य चेकजाँच गरीएको थियो ।वीरगंज महानगरको ६ वटा वडामा संचालन गरीएको घुम्ती स्वास्थ्य शिविरबाट ६ सय ६१ महिलाहरु लाभान्वित भएका हुन् ।

शिविरमा १ सय ९ जना महिलाहरुको पाठेघरको मुखको क्यान्सर सम्बन्धि गरीएको परिक्षणमा २० जनामा गम्भिर समस्या देखीएको र १६ जना महिलाहरुमा शंकास्पद अवस्था देखीएको थियो भने ७३ जना महिलाहरुको सामान्य अवस्था चेकजाँचमा पाईएको छ ।

त्यसैगरी २९ जना महिलाहरुमा गरीएको स्तन सम्बन्धि परिक्षणमा १२ जना महिलाको अवस्था शंकास्पद देखीएको र उनीहरुलाई अस्पताल रिफर गरीएको तथा १७ जनामा सामान्य अवस्था पाईएको छ ।

त्यस्तै २४ जना महिलाहरुमा आङ्ग खस्ने समस्याबारे गरीएको चेकजाँचमा ३ जना महिलामा सुरुवाती चरण देखीएको तथा १७ जना महिलाहरुमा पहिलो र दोश्रो चरणको समस्या देखीएको थियो। त्यसैगरी ३ जना महिलामा तेश्रो चरणको समस्या देखीएको थियो भने १ जना महिलामा चौथो चरण सम्मको समस्या पाईएको डाक्टरहरुले बताएका छन् ।

त्यस्तै चेकजाँचको क्रममा ४ जना महिलाहरुमा पाठेघरको मुखमा मासु पलाएको र १४ जना महिलाहरुमा भने सिस्टोसेल सम्बन्धि समस्या पाईएको डाक्टरहरुले जनाएका छन् ।

ग्रामीण भेगका महिलाहरुको स्त्री रोग विशेषज्ञ डाक्टर प्रतीति यादव र डाक्टर दीप्ती यादवले गर्नुभएको थियो भने सहजीकरण वीरगंज महानगर वडा नम्बर २८ वगही प्राथमिक स्वास्थ्य केन्द्रकी स्टाफ नर्स रिन्कु कुमारी साहले गर्नुभएको थियो ।

वीरगंज महानगरपालिकाको स्वास्थ्य तथा सामाजिक विकास महाशाखा अन्तर्गतको जनस्वास्थ्य प्रवद्र्धन शाखाको सहकार्यमा भएको चैत्र ८ गतेदेखी सुरु भएको शिविर विभिन्न वडा हुँदै चैत्र १९ गते आईतबार सम्पन्न भएको हो ।

वीरगंज महानगरपालिका वडा नम्बर २९ बसडील्वाको स्वास्थ्य चौकीबाट सुरु भएको शिविर वडा नम्बर २८ को वगही स्वास्थ्य केन्द्रमा , वडा नम्बर २० हरपतगंजको स्वास्थ्य चौकीमा ,वडा नम्बर २६ सुगौली विर्ताको स्वास्थ्य चौकी , वडा नम्बर २४ रागढवाको स्वास्थ्य चौकीमा हुँदै वडा नम्बर २३ प्रसौनी विर्ताको स्वास्थ्य चौकीमा गरी सम्पन्न भएको हो । मधेश खबर

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेजका एमबीबीएस विद्यार्थीद्वारा अन्तर्राष्ट्रिय स्तरको ईएनटी पाठ्यपुस्तकमा सुधारको सुझाव, लेखकबाट धन्यवाद तथा आगामी संस्करणमा सच्याउने प्रतिबद्धता
मुख्य समाचार

नेशनल मेडिकल कलेजका एमबीबीएस विद्यार्थीद्वारा अन्तर्राष्ट्रिय स्तरको ईएनटी पाठ्यपुस्तकमा सुधारको सुझाव, लेखकबाट धन्यवाद तथा आगामी संस्करणमा सच्याउने प्रतिबद्धता

प्रकाशित : २०७९ चैत्र २०,सोमबार
एपेक्स म्यानेजमेन्ट कलेजको बीबीएमा उद्योग–मैत्री सिकाइलाई प्राथमिकता
मुख्य समाचार

एपेक्स म्यानेजमेन्ट कलेजको बीबीएमा उद्योग–मैत्री सिकाइलाई प्राथमिकता

प्रकाशित : २०७९ चैत्र २०,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद