Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home शिक्षा

वीरगंज महानगरद्वारा संचालित घुम्ती स्वास्थ्य शिविरबाट ६ सय भन्दा बढी महिला लाभान्वित

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ चैत्र २०,सोमबार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज,१९ चैत । पर्साको ग्रामीण भेगका विभिन्न वडामा संचालित घुम्ती स्वास्थ्य शिविरबाट ग्रामीण भेगका ६ सय भन्दा बढी महिलाहरु लाभान्वित भएका छन् ।ग्रामीण भेगका महिलाहरुलाई लक्षित गरी घरघरमै स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले वीरगंज महानगरपालिकाले घुम्ती स्वास्थ्य शिविरको आयोजना गरेको हो ।

आयोजित घुम्ती शिविरमा खासगरी ग्रामीण भेगका महिलाहरुमा पाईने आङ्ग खस्ने समस्या , पाठेघरको मुखको क्यान्सर ,स्तन क्यान्सर, फिस्टुला तथा पाठेघर सम्बन्धि स्क्रीनीङ्ग जाँच लगायतका विभिन्न स्वास्थ्य चेकजाँच गरीएको थियो ।वीरगंज महानगरको ६ वटा वडामा संचालन गरीएको घुम्ती स्वास्थ्य शिविरबाट ६ सय ६१ महिलाहरु लाभान्वित भएका हुन् ।

शिविरमा १ सय ९ जना महिलाहरुको पाठेघरको मुखको क्यान्सर सम्बन्धि गरीएको परिक्षणमा २० जनामा गम्भिर समस्या देखीएको र १६ जना महिलाहरुमा शंकास्पद अवस्था देखीएको थियो भने ७३ जना महिलाहरुको सामान्य अवस्था चेकजाँचमा पाईएको छ ।

त्यसैगरी २९ जना महिलाहरुमा गरीएको स्तन सम्बन्धि परिक्षणमा १२ जना महिलाको अवस्था शंकास्पद देखीएको र उनीहरुलाई अस्पताल रिफर गरीएको तथा १७ जनामा सामान्य अवस्था पाईएको छ ।

त्यस्तै २४ जना महिलाहरुमा आङ्ग खस्ने समस्याबारे गरीएको चेकजाँचमा ३ जना महिलामा सुरुवाती चरण देखीएको तथा १७ जना महिलाहरुमा पहिलो र दोश्रो चरणको समस्या देखीएको थियो। त्यसैगरी ३ जना महिलामा तेश्रो चरणको समस्या देखीएको थियो भने १ जना महिलामा चौथो चरण सम्मको समस्या पाईएको डाक्टरहरुले बताएका छन् ।

त्यस्तै चेकजाँचको क्रममा ४ जना महिलाहरुमा पाठेघरको मुखमा मासु पलाएको र १४ जना महिलाहरुमा भने सिस्टोसेल सम्बन्धि समस्या पाईएको डाक्टरहरुले जनाएका छन् ।

ग्रामीण भेगका महिलाहरुको स्त्री रोग विशेषज्ञ डाक्टर प्रतीति यादव र डाक्टर दीप्ती यादवले गर्नुभएको थियो भने सहजीकरण वीरगंज महानगर वडा नम्बर २८ वगही प्राथमिक स्वास्थ्य केन्द्रकी स्टाफ नर्स रिन्कु कुमारी साहले गर्नुभएको थियो ।

वीरगंज महानगरपालिकाको स्वास्थ्य तथा सामाजिक विकास महाशाखा अन्तर्गतको जनस्वास्थ्य प्रवद्र्धन शाखाको सहकार्यमा भएको चैत्र ८ गतेदेखी सुरु भएको शिविर विभिन्न वडा हुँदै चैत्र १९ गते आईतबार सम्पन्न भएको हो ।

वीरगंज महानगरपालिका वडा नम्बर २९ बसडील्वाको स्वास्थ्य चौकीबाट सुरु भएको शिविर वडा नम्बर २८ को वगही स्वास्थ्य केन्द्रमा , वडा नम्बर २० हरपतगंजको स्वास्थ्य चौकीमा ,वडा नम्बर २६ सुगौली विर्ताको स्वास्थ्य चौकी , वडा नम्बर २४ रागढवाको स्वास्थ्य चौकीमा हुँदै वडा नम्बर २३ प्रसौनी विर्ताको स्वास्थ्य चौकीमा गरी सम्पन्न भएको हो । मधेश खबर

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

आर्थिक समृद्धिको आधार नेपाली काँग्रेस मात्रै हो : अनिल रुङटा
राजनिती

आर्थिक समृद्धिको आधार नेपाली काँग्रेस मात्रै हो : अनिल रुङटा

प्रकाशित : २०७९ चैत्र २०,सोमबार
जेनजी युवाको पहल: नारायणी अस्पतालमा १३५ नवजात शिशु र आमालाई कपडा सहयोग
मुख्य समाचार

जेनजी युवाको पहल: नारायणी अस्पतालमा १३५ नवजात शिशु र आमालाई कपडा सहयोग

प्रकाशित : २०७९ चैत्र २०,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद