Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

७९ हजार विद्यार्थी एसइईमा मधेश प्रदेशबाट सहभागी हुने

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ चैत्र १०,शुक्रबार
A A
file photo

file photo

1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

जनकपुर, चैत ९ गते । मधेश प्रदेशबाट यस पटकको माध्यमिक शिक्षा परीक्षामा ९एसइई० ७९ हजार ९४ जना विद्यार्थी सहभागी जनाउने भएको छ । परीक्षालाई मर्यादित, अनुशासित र निष्पक्ष रूपमा सम्पन्न गराउन प्रदेशभरिका जिल्लाका गरी २७८ वटा परीक्षा केन्द्र निर्धारण गरेको शिक्षा विकास निर्देशनालय जनकपुरधामले जनाएको छ ।

मधेश प्रदेशको आठ जिल्लामध्ये सबभन्दा बढी विद्यार्थी सङ्ख्या धनुषामा छन् । यहाँ ४१४ प्रविधितर्फ १२ हजार १४६ विद्यार्थीले एसइई परीक्षामा सामेल हुन योग्य ठहरिएको छ । धनुषामा परीक्षार्थीका लागि ४३ वटा परीक्षा केन्द्र तोकिएको छ । त्यस्तै, सबभन्दा कम विद्यार्थी सङ्ख्या रौतहट जिल्लामा छ । यहाँ २३१ प्राविधिकतर्फसहित आठ हजार ९५७ विद्यार्थी एसइई परीक्षामा सहभागी हुनेभएको छ । यहाँ ३५ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ ।

यसैगरी, १० हजारभन्दा बढी र ११ हजारभन्दा कम सङ्ख्या विद्यार्थी भएको दुई वटा जिल्ला छन् । सिरहामा २४९ प्राविधिक विद्यार्थीसहित १० हजार १५० जना विद्यार्थी छन् । यहाँ ४० वटा परीक्षा केन्द्र तोकिएको छ । सर्लाहीमा २९२ प्राविधिकतर्फसहित १० हजार ९१६ विद्यार्थीका लागि ३७ वटा परीक्षा केन्द्र निर्धारण गरिएको शिक्षा विकास निर्देशनालय जनकपुरधामका निर्देशक चूडामणि फुयाँलले जानकारी दिनुभयो ।

यीबाहेक चार वटा जिल्लामा नौ हजारभन्दा बढी र दश हजारभन्दा कम सङ्ख्यामा विद्यार्थी एसइई परीक्षामा सहभागी जनाउँदै छन् । सप्तरीमा प्राविधिकतर्फ २९२ सहित नौ हजार ५२५ विद्यार्थी छन् । यहाँ ३६ वटा परीक्षा केन्द्र तोकिएको छ । महोत्तरीमा प्राविधिकतर्फ ४३६ समेत गरी नौ हजार ९४ विद्यार्थीको लागि ३१ परीक्षा केन्द्र, बारामा ३७८ प्राविधिकतर्फसहित नौ हजार १७९ विद्यार्थीका लागि ३२ परीक्षा केन्द्र र पर्सामा १८५ प्राविधिकतर्फका गरी नौ हजार १६५ विद्यार्थीले एसइईमा सहभागी जनाउने छन् । त्यहाँ २५ वटा परीक्षा केन्द्र तोकिएको छ ।

एसइई परीक्षाका लागि आवश्यक तयारी पूरा भइसकेको निर्देशक फुयाँलले भन्नुभयो, “उत्तरपुस्तिका सबै परीक्षा केन्द्रमा पुगाइसकेका छौँ, प्रश्नपत्र जिल्लास्थित जिल्ला प्रहरी कार्यालयलाई जिम्मा लगाइसेका छौँ । त्यहाँबाट परीक्षाका दिन परीक्षा केन्द्रमा प्रश्नपत्र पुगाउने व्यवस्था मिलाइएको छ ।”

परीक्षा केन्द्र तोकिएको सामुदायिक विद्यालयकै प्रधानाध्यापकलाई केन्द्राध्यक्ष तोकिने सम्भावना रहेको उहाँले बताउनुभयो । केन्द्राध्यक्षलाई नै सहायक केन्द्राध्यक्ष, निरीक्षक र कार्यालय सहयोगी राखिने अधिकार रहेको उहाँले जानकारी दिनुभयो । जगेडा केन्द्राध्यक्ष राखिने जिल्ला परीक्षा समन्वय समितिलाई नै अधिकार रहेको छ । एसइई परीक्षामा केन्द्राध्यक्षले अमर्यादित कार्य गरेको ठहर भएपछि तीन वर्ष कैद र २५ हजार जरिवाना तिर्नुपर्ने प्रावधान रहेको निर्देशक फुयाँलले बताउनुभयो ।

प्रत्येक परीक्षा केन्द्रमा औषतमा केन्द्राध्यक्षसहित १० जना शिक्षक, १० जना प्रहरी र तीन जना कार्यालय सहयोगी गरी २३ जना जनशक्ति परिचालन हुने उहाँले बताउनुभयो । परीक्षालाई चिट चोरीरहित मर्यादित, निष्पक्ष, अनुशासित बनाउन, निर्देशकको नेतृत्वमा प्रदेशस्तरीय, निर्देशनालयबाट जिल्लामा कर्मचारी प्रतिनिधि खटाएर अनुगमन गरिने तयारी गरिएको छ ।

यस्तै, जिल्लामा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको जिल्ला परीक्षा समन्वय समितिले टोली बनाएर निरीक्षण, अनुगमन गरिने व्यवस्था गरिएको निर्देशक फुयाँलले जानकारी दिनुभयो । चैत १७ गतेबाट एसइई परीक्षा सञ्चालन हुँदैछ ।सभार गोरखापत्र अनलाइन

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०७९ चैत्र १०,शुक्रबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०७९ चैत्र १०,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद