Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

७९ हजार विद्यार्थी एसइईमा मधेश प्रदेशबाट सहभागी हुने

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ चैत्र १०,शुक्रबार
A A
file photo

file photo

0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

जनकपुर, चैत ९ गते । मधेश प्रदेशबाट यस पटकको माध्यमिक शिक्षा परीक्षामा ९एसइई० ७९ हजार ९४ जना विद्यार्थी सहभागी जनाउने भएको छ । परीक्षालाई मर्यादित, अनुशासित र निष्पक्ष रूपमा सम्पन्न गराउन प्रदेशभरिका जिल्लाका गरी २७८ वटा परीक्षा केन्द्र निर्धारण गरेको शिक्षा विकास निर्देशनालय जनकपुरधामले जनाएको छ ।

मधेश प्रदेशको आठ जिल्लामध्ये सबभन्दा बढी विद्यार्थी सङ्ख्या धनुषामा छन् । यहाँ ४१४ प्रविधितर्फ १२ हजार १४६ विद्यार्थीले एसइई परीक्षामा सामेल हुन योग्य ठहरिएको छ । धनुषामा परीक्षार्थीका लागि ४३ वटा परीक्षा केन्द्र तोकिएको छ । त्यस्तै, सबभन्दा कम विद्यार्थी सङ्ख्या रौतहट जिल्लामा छ । यहाँ २३१ प्राविधिकतर्फसहित आठ हजार ९५७ विद्यार्थी एसइई परीक्षामा सहभागी हुनेभएको छ । यहाँ ३५ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ ।

यसैगरी, १० हजारभन्दा बढी र ११ हजारभन्दा कम सङ्ख्या विद्यार्थी भएको दुई वटा जिल्ला छन् । सिरहामा २४९ प्राविधिक विद्यार्थीसहित १० हजार १५० जना विद्यार्थी छन् । यहाँ ४० वटा परीक्षा केन्द्र तोकिएको छ । सर्लाहीमा २९२ प्राविधिकतर्फसहित १० हजार ९१६ विद्यार्थीका लागि ३७ वटा परीक्षा केन्द्र निर्धारण गरिएको शिक्षा विकास निर्देशनालय जनकपुरधामका निर्देशक चूडामणि फुयाँलले जानकारी दिनुभयो ।

यीबाहेक चार वटा जिल्लामा नौ हजारभन्दा बढी र दश हजारभन्दा कम सङ्ख्यामा विद्यार्थी एसइई परीक्षामा सहभागी जनाउँदै छन् । सप्तरीमा प्राविधिकतर्फ २९२ सहित नौ हजार ५२५ विद्यार्थी छन् । यहाँ ३६ वटा परीक्षा केन्द्र तोकिएको छ । महोत्तरीमा प्राविधिकतर्फ ४३६ समेत गरी नौ हजार ९४ विद्यार्थीको लागि ३१ परीक्षा केन्द्र, बारामा ३७८ प्राविधिकतर्फसहित नौ हजार १७९ विद्यार्थीका लागि ३२ परीक्षा केन्द्र र पर्सामा १८५ प्राविधिकतर्फका गरी नौ हजार १६५ विद्यार्थीले एसइईमा सहभागी जनाउने छन् । त्यहाँ २५ वटा परीक्षा केन्द्र तोकिएको छ ।

एसइई परीक्षाका लागि आवश्यक तयारी पूरा भइसकेको निर्देशक फुयाँलले भन्नुभयो, “उत्तरपुस्तिका सबै परीक्षा केन्द्रमा पुगाइसकेका छौँ, प्रश्नपत्र जिल्लास्थित जिल्ला प्रहरी कार्यालयलाई जिम्मा लगाइसेका छौँ । त्यहाँबाट परीक्षाका दिन परीक्षा केन्द्रमा प्रश्नपत्र पुगाउने व्यवस्था मिलाइएको छ ।”

परीक्षा केन्द्र तोकिएको सामुदायिक विद्यालयकै प्रधानाध्यापकलाई केन्द्राध्यक्ष तोकिने सम्भावना रहेको उहाँले बताउनुभयो । केन्द्राध्यक्षलाई नै सहायक केन्द्राध्यक्ष, निरीक्षक र कार्यालय सहयोगी राखिने अधिकार रहेको उहाँले जानकारी दिनुभयो । जगेडा केन्द्राध्यक्ष राखिने जिल्ला परीक्षा समन्वय समितिलाई नै अधिकार रहेको छ । एसइई परीक्षामा केन्द्राध्यक्षले अमर्यादित कार्य गरेको ठहर भएपछि तीन वर्ष कैद र २५ हजार जरिवाना तिर्नुपर्ने प्रावधान रहेको निर्देशक फुयाँलले बताउनुभयो ।

प्रत्येक परीक्षा केन्द्रमा औषतमा केन्द्राध्यक्षसहित १० जना शिक्षक, १० जना प्रहरी र तीन जना कार्यालय सहयोगी गरी २३ जना जनशक्ति परिचालन हुने उहाँले बताउनुभयो । परीक्षालाई चिट चोरीरहित मर्यादित, निष्पक्ष, अनुशासित बनाउन, निर्देशकको नेतृत्वमा प्रदेशस्तरीय, निर्देशनालयबाट जिल्लामा कर्मचारी प्रतिनिधि खटाएर अनुगमन गरिने तयारी गरिएको छ ।

यस्तै, जिल्लामा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको जिल्ला परीक्षा समन्वय समितिले टोली बनाएर निरीक्षण, अनुगमन गरिने व्यवस्था गरिएको निर्देशक फुयाँलले जानकारी दिनुभयो । चैत १७ गतेबाट एसइई परीक्षा सञ्चालन हुँदैछ ।सभार गोरखापत्र अनलाइन

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

लोकतन्त्रको संरक्षणका लागि कुनै बलिदानबाट पछि हट्दिनँ : रुङटा
राजनिती

लोकतन्त्रको संरक्षणका लागि कुनै बलिदानबाट पछि हट्दिनँ : रुङटा

प्रकाशित : २०७९ चैत्र १०,शुक्रबार
युवा नेतृत्वको नारा गुञ्जायमान : बीरगञ्ज–२६ मा रास्वपा उम्मेदवार कानुको घरदैलोमा उत्साह
मुख्य समाचार

युवा नेतृत्वको नारा गुञ्जायमान : बीरगञ्ज–२६ मा रास्वपा उम्मेदवार कानुको घरदैलोमा उत्साह

प्रकाशित : २०७९ चैत्र १०,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद