Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

अहमदिया संघको आठौं वार्षिक जलसा सालाना सम्पन्न ।

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ फाल्गुन ७,आईतवार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज,०७ फागुन । पर्साको विन्दवासिनी गाउँपालिका वडा नंबर ५ प्रसौनीभाठामा अन्र्तराष्ट्रिय अहमदिया संघको आठौं वार्षिक जलसा सालाना ( सम्मेलन) सम्पन्न भएको छ । प्रसौनीभाठा स्थित मसरुर पब्लिक आधारभुत विद्यालय परिसरमा आयोजित सम्मेलनलाई सम्बोधन गर्दै पर्सा क्षेत्र नम्बर ३ का सांसद राजकुमार गुप्ताले मानव कल्याणको लागि सवै धर्मावालम्बीहरु लाग्नुपर्ने धारणा राखे ।

सम्मेलन सफलताको शुभकामाना दिदै नेकपा एमालेका केन्द्रिय सदस्य समेत रहेका गुप्ताले सवै धर्मका मानिसहरु एक आपसमा मिलेर देश बिकाशमा जुटन अनुरोध गर्नुभयो ।

अहमदिया संघका राष्ट्रिय अध्यक्ष कमरुल होदा अन्सारीको अध्यक्षतामा भएको कार्यक्रममा जमात अहमदिया संघका सदर मोइन अहमद , प्रदेश सभा सदस्य जनार्दन सिंह क्षेत्री , विन्दवासिनी गाउँपालिकाका अध्यक्ष प्रमोद तिवारी, उपाध्यक्ष ज्योति चौरसिया, पुर्व उपाध्यक्ष किरण गुप्ता,वडा अध्यक्ष मोहन राउत अहिर लगायतको सहभागिता रहेको अहमदिया संघ नेपाल पर्साका इन्चार्ज हासिम अहमदले बताए । दुइ दिने जलसा सम्मेलनमा नेपालको झापा, सुनसरी, सप्तरी, सिरहा, काठमाडौं, तनहुँ, चितवन र धनगढी जिल्लाका साथै भारतबाट आएका प्रतिनिनधीहरुको पनि सहभागीता थियो ।

अनलाईन वीरगञ्ज

कार्यक्रमका प्रमुख अतिथि अहमदिया संघ भारतका मुनिर अहमद हाफिजाबादी साहबले भारतको पञ्जाबाट हजरत मिर्जा गुलाम अहमदले १ सय २४ वर्ष पहिले कादियानबाट शुरु गरेको जलसा प्रत्येक वर्ष २ सय ९ वटा देशमा आयोजना गर्ने गरिएको जानकारी दिए ।

अनलाईन वीरगञ्ज

उनले अहमदिया मुस्लिम जमात एक विशुद्ध धार्मिक तथा अध्यात्मिक जमात भएको र यसको राजनीतिसँग कुनै सरोकार नभएको बताए । कार्यक्रममा क्रिश्चियन समाज नेपालका अध्यक्ष प्रेम घिमिरे , ब्रहम कुमारी राजयोग सेवा केन्द्रका धर्मगुरु कुमेस कुमार, सिख समाज नेपालका अध्यक्ष रंजित सिंह लगायतले सबै धर्मगुरु र पवित्र पुस्तकको सम्मान गर्नु पर्नेमा जोड दिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु
मुख्य समाचार

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु

प्रकाशित : २०७९ फाल्गुन ७,आईतवार
एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला
मुख्य समाचार

एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला

प्रकाशित : २०७९ फाल्गुन ७,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद