Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

सिर्सिया नदि प्रदुषण गर्ने उद्योगलाई जरिबाना गर्ने निर्णय

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ फाल्गुन ३,बुधबार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज,०३ फागुन । सिर्सिया नदी प्रदुषण नियन्त्रण समितिले नदि प्रदुषण गर्ने वीरगञ्ज पथलैया औद्योगिक करिडोरका उद्योगलाई कारवाही गर्ने निर्णय गरेको छ ।
वीरगञ्ज महानगरपालिका प्रमुख राजेशमान सिंहको अध्यक्षतामा बसेको समितिको बैठकले पानी प्रशोधन नगरी उद्योगबाट निस्केको फोहोर पानी सोझै नदीमा फाल्दै आएका उद्योगलाई कारबाही गर्ने निर्णय गरेको हो ।
समितिले यसअघि पटक पटक अनुगमन गरेको र अनुगमनका क्रममा एक÷दुई बाहेक अधिकांश उद्योगले अटेरी गर्दै नदीमा नै उद्योगबाट निस्केको फोहोर तथा फोहोर पानी फाल्दै आएकाले अब कारबाही नै गर्ने निर्णय गरेको हो ।
बैठकले करिडोरमा रहेका उद्योगहरुको संघलाई पत्राचार गरेर कारबाहीको ध्यानाकर्षण गराउने र जरिबानाको प्रकृया अघि बढाउने निर्णय गरेको हो ।
अनुगमन समितिको प्रतिबेदनका आधारमा वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण गर्न बनेको ऐन अनुसार जरिबाना गर्ने निर्णय भएको महानगर प्रमुख राजेशमान सिंहले जानकारी दिनुभयो ।
यस्तै बैठकले जरिबाना गर्दा पनि फोहोरजन्य पानी नदीमा मिसाउन नछाडे त्यस्ता उद्योगलाई कालो सूचीमा राख्न प्रदेश र संघ सरकारलाई सिफारिस गरि पठाउने निर्णय पनि गरेको छ ।
बैठकमा पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले प्रक्रिया मिचेर विधि एवं कानुन विपरित सञ्चालित उद्योगलाई कारबाही नगर्दासम्म नदी प्रदुषण मुक्त नबन्ने बताउनुभयो । उहाँले उद्योगीहरु जिम्मेवार भएर पर्यावरण जोगाउन लाग्नु पर्नेमा नदी फोहोर बनाउन उद्धत देखिएकाले त्यसलाई नियन्त्रण गर्न अब जरिबाना गर्नुपर्ने अवस्था आएको बताउनुभयो ।
बाराको जितपुर सिमरा उपमहानगरपालिका, परवानीपुर गाउँपालिका र पर्साको वीरगञ्ज महानगरपालिका क्षेत्र भएर बहने नदीलाई यी तीनै स्थानीय तहसँगै जिल्ला प्रशासन कार्यालय बारा र जिल्ला प्रशासन कार्यालय पर्साको सयुँक्त सहकार्यमा प्रभावकारी रुपमा काम गर्नुपर्ने बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बताउनुभयो ।
वीरगञ्ज महानगरपालिकाका उपप्रमुख तथा समितिका संयोजक इम्तियाज आलमले अनुगमनलाई उद्योगहरुले वेवास्ता गरेको बताउनुभयो । आफ्नै नेतृत्वमा पटकपटक अनुगमन गर्दा पनि अटेरी गरेको हुँदा अब जरिवाना गरेर कारबाही गर्नुपर्ने उपप्रमुख आलमको भनाई छ । बाराको जितपुर सिमरा उपमहानगरपालिकाका उपप्रमुख भोला प्रसाद अधिकारी पनि सिर्सिया नदिलाई प्रदुषण मुक्त बनाउन जितपुर सिमरा उपमहानगरले सक्दो प्रयास गरिरहेको बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होविन्द्र बोगटीले वीरगञ्ज महानगरले सञ्चालन गरेको अनुगमन अभियानको सह्राना गर्दै नदीलाई स्वच्छ र सफा बनाउन सबैले हातेमालो गर्नुपर्नेमा जोड दिनुभयो ।
वीरगञ्ज उद्योग वाणिज्य संघका प्रमुख प्रशासकिय अधिकृत मनोज उपाध्यायले वीरगञ्ज उद्योग वाणिज्य संघ नदीलाई स्वच्छ बनाउने विषयमा गम्भिर भएको बताउनुभयो । उद्योगी व्यवसायीलाई नियम लगाएर बाध्यकारी बनाउने निकाय संघ नभएको बताउँदै उहाँले सबैसँग समन्वय गरिदिने लगायतका काममा कुनै कसर बाँकी नराखेको उपाध्यायले बताउनुभयो ।
सिर्सिया नदि मात्रै नभएर सभ्यता एवम् संस्कृतिसँग जोडिएको धरोहर भएको हुँदा यसलाई सफा बनाउन सबैले एकबद्ध भएर काम गर्नुपर्ने र गल्ती गर्नेलाई दण्ड गर्दा उद्योग वाणिज्य संघले बचाउ नगर्ने पनि उहाँले प्रतिबद्धता जनाउनुभयो ।
बैठकमा पर्साका प्रहरी उपरीक्षक कोमल शाह, बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटी, महानगरपालिकाका निमित्त प्रशासकीय अधिकृत अरविन्दलाल कर्ण, परवानीपुर गाउँपालिकाका अध्यक्ष रामक्षत्री कुर्मी लगायतको सहभागिता रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०७९ फाल्गुन ३,बुधबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०७९ फाल्गुन ३,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद