Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

सिर्सिया नदि प्रदुषण गर्ने उद्योगलाई जरिबाना गर्ने निर्णय

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ फाल्गुन ३,बुधबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज,०३ फागुन । सिर्सिया नदी प्रदुषण नियन्त्रण समितिले नदि प्रदुषण गर्ने वीरगञ्ज पथलैया औद्योगिक करिडोरका उद्योगलाई कारवाही गर्ने निर्णय गरेको छ ।
वीरगञ्ज महानगरपालिका प्रमुख राजेशमान सिंहको अध्यक्षतामा बसेको समितिको बैठकले पानी प्रशोधन नगरी उद्योगबाट निस्केको फोहोर पानी सोझै नदीमा फाल्दै आएका उद्योगलाई कारबाही गर्ने निर्णय गरेको हो ।
समितिले यसअघि पटक पटक अनुगमन गरेको र अनुगमनका क्रममा एक÷दुई बाहेक अधिकांश उद्योगले अटेरी गर्दै नदीमा नै उद्योगबाट निस्केको फोहोर तथा फोहोर पानी फाल्दै आएकाले अब कारबाही नै गर्ने निर्णय गरेको हो ।
बैठकले करिडोरमा रहेका उद्योगहरुको संघलाई पत्राचार गरेर कारबाहीको ध्यानाकर्षण गराउने र जरिबानाको प्रकृया अघि बढाउने निर्णय गरेको हो ।
अनुगमन समितिको प्रतिबेदनका आधारमा वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण गर्न बनेको ऐन अनुसार जरिबाना गर्ने निर्णय भएको महानगर प्रमुख राजेशमान सिंहले जानकारी दिनुभयो ।
यस्तै बैठकले जरिबाना गर्दा पनि फोहोरजन्य पानी नदीमा मिसाउन नछाडे त्यस्ता उद्योगलाई कालो सूचीमा राख्न प्रदेश र संघ सरकारलाई सिफारिस गरि पठाउने निर्णय पनि गरेको छ ।
बैठकमा पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले प्रक्रिया मिचेर विधि एवं कानुन विपरित सञ्चालित उद्योगलाई कारबाही नगर्दासम्म नदी प्रदुषण मुक्त नबन्ने बताउनुभयो । उहाँले उद्योगीहरु जिम्मेवार भएर पर्यावरण जोगाउन लाग्नु पर्नेमा नदी फोहोर बनाउन उद्धत देखिएकाले त्यसलाई नियन्त्रण गर्न अब जरिबाना गर्नुपर्ने अवस्था आएको बताउनुभयो ।
बाराको जितपुर सिमरा उपमहानगरपालिका, परवानीपुर गाउँपालिका र पर्साको वीरगञ्ज महानगरपालिका क्षेत्र भएर बहने नदीलाई यी तीनै स्थानीय तहसँगै जिल्ला प्रशासन कार्यालय बारा र जिल्ला प्रशासन कार्यालय पर्साको सयुँक्त सहकार्यमा प्रभावकारी रुपमा काम गर्नुपर्ने बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बताउनुभयो ।
वीरगञ्ज महानगरपालिकाका उपप्रमुख तथा समितिका संयोजक इम्तियाज आलमले अनुगमनलाई उद्योगहरुले वेवास्ता गरेको बताउनुभयो । आफ्नै नेतृत्वमा पटकपटक अनुगमन गर्दा पनि अटेरी गरेको हुँदा अब जरिवाना गरेर कारबाही गर्नुपर्ने उपप्रमुख आलमको भनाई छ । बाराको जितपुर सिमरा उपमहानगरपालिकाका उपप्रमुख भोला प्रसाद अधिकारी पनि सिर्सिया नदिलाई प्रदुषण मुक्त बनाउन जितपुर सिमरा उपमहानगरले सक्दो प्रयास गरिरहेको बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होविन्द्र बोगटीले वीरगञ्ज महानगरले सञ्चालन गरेको अनुगमन अभियानको सह्राना गर्दै नदीलाई स्वच्छ र सफा बनाउन सबैले हातेमालो गर्नुपर्नेमा जोड दिनुभयो ।
वीरगञ्ज उद्योग वाणिज्य संघका प्रमुख प्रशासकिय अधिकृत मनोज उपाध्यायले वीरगञ्ज उद्योग वाणिज्य संघ नदीलाई स्वच्छ बनाउने विषयमा गम्भिर भएको बताउनुभयो । उद्योगी व्यवसायीलाई नियम लगाएर बाध्यकारी बनाउने निकाय संघ नभएको बताउँदै उहाँले सबैसँग समन्वय गरिदिने लगायतका काममा कुनै कसर बाँकी नराखेको उपाध्यायले बताउनुभयो ।
सिर्सिया नदि मात्रै नभएर सभ्यता एवम् संस्कृतिसँग जोडिएको धरोहर भएको हुँदा यसलाई सफा बनाउन सबैले एकबद्ध भएर काम गर्नुपर्ने र गल्ती गर्नेलाई दण्ड गर्दा उद्योग वाणिज्य संघले बचाउ नगर्ने पनि उहाँले प्रतिबद्धता जनाउनुभयो ।
बैठकमा पर्साका प्रहरी उपरीक्षक कोमल शाह, बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटी, महानगरपालिकाका निमित्त प्रशासकीय अधिकृत अरविन्दलाल कर्ण, परवानीपुर गाउँपालिकाका अध्यक्ष रामक्षत्री कुर्मी लगायतको सहभागिता रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर
मुख्य समाचार

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर

प्रकाशित : २०७९ फाल्गुन ३,बुधबार
स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप
मुख्य समाचार

स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप

प्रकाशित : २०७९ फाल्गुन ३,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद