Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्जमा हतियार देखाएर अपहरण गरी लुटपाट गर्ने गिरोहका ८ जना पक्राउ

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ फाल्गुन १,सोमबार
A A
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज, १ फागुन । वीरगंजमा हतियार देखाएर अपहरण गरी लुटपाट गर्ने गिरोहलाई जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरी सोमवार सार्वजनिक गरेको छ । दिउँसै हतियार देखाएर अपहरण गरी लुटपाट गर्ने गिरोहका ८ जनालाई प्रहरीले पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरेको हो ।

गत बिहिवार वीरगञ्ज महानगरपालिका वडा नम्बर ६ स्थित रेल्वे सडकखण्डबाट उक्त गिरोहलाई पक्राउ गरिएको पर्साका प्रमुख प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिए । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा नम्बर २ छपकैयाका सद्धाम अन्सारी, वडा नम्बर ११ श्रीपुरका सन्तोष लामा, मोजालिम मियाँ र रोशन थापा र वडा नम्बर २४ रामगढवा निवासी बिजय महतो रहेका छन् ।

बाराको परवानीपुर गाउँपालिका वडा नम्बर ३ निवासी नबाब हुसेन, कलैया उपमहानगरपालिका वडा नम्बर २३ बस्ने मुकेश पटेल र भारत बिहारको मोतिहारीका इमाम अन्सारी पनि पक्राउ परेको प्रहरी उपरीक्षक शाहले बताए । उनका अनुसार रामगढवाका बिजय महतो गिरोहका मुख्य व्यक्ति हुन् ।

प्रहरी उपरीक्षक शाहका अनुसार उक्त गिरोहले वीरगञ्जका बिशाल कुमार पटवालाई हतियार देखाएर अपहरण गरी लुटपाट गरेको थियो । पटवाको अपहरण भएको सूचनाका आधारमा प्रहरी निरीक्षक प्रज्वल थपलिया नेतृत्वको टोलीले वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ भिस्वाबाट उद्धार गर्न सफल भएको पनि प्रहरी उपरीक्षक शाहले जानकारी दिए । गिरोहले पटवाको साथबाट ६ लाख ५० हजार रुपैयाँसमेत लुटपात गरेको थियो ।

उक्त गिरोह भारतका विभिन्न घटनाहरुमा पनि संलग्नता रहेको अनुसन्धानको क्रममा खुलेको छ । प्रहरीले उनीहरुको साथबाट अपहरणमा प्रयोग गरिएको १ थान पेस्तोल, ५ राउण्ड गोली, ४ लाख ९५ हजार नगदसहित ना १९ प २८०८, ना ६२ प १०० र बिआर १ सिआर २४२५ नम्बरको ३ वटा मोटरसाइकल पनि बरामद गरेको छ ।

पक्राउ परेका आठै जनालाई अपहरण तथा शरीर बन्धक, डाँका, हतियार तथा खरखजाना एवं संगठित अपराधसम्बन्धी कसूरमा आवश्यक अनुसन्धान भइरहेको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु
मुख्य समाचार

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु

प्रकाशित : २०७९ फाल्गुन १,सोमबार
एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला
मुख्य समाचार

एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला

प्रकाशित : २०७९ फाल्गुन १,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद