Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्साको बिन्दबासिनीमा विद्यालय स्तरीय खेलकुद प्रतियोगिता सुरु ।

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ माघ १९,बिहीबार
A A
1
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज,१९ माघ  । पर्साको बिन्दबासिनी गाउँपालिकाको वडा नं ३ स्थित झौवामा रहेको माध्यमिक विद्यालयमा विद्यालय स्तरीय खेलकुद प्रतियोगिता बिहीबारदेखि सुरु भएको छ ।

झौवा माध्यमिक विद्यालयका प्रधानध्यापक रामचन्द्र महतोको अध्यक्षतामा भएको उद्‌घाटन कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका उपाध्यक्ष ज्योति चौरसियाले खेलकुद प्रतियोगिताले क्षमतावान, सक्षम र प्रतिभावान खेलाडीहरु तयार गर्ने विश्वास व्यक्त गरिन् ।

कार्यक्रममा वडा नं ३ का वडा अध्यक्ष जयप्रकाश चौरसिया , शिक्षा शाखा प्रमुख कपिल लामिछाने , नेता गम्भीरा साह , लक्षमण चौसरिया , किरण देवी गुप्ता , धीरज चौसरिया लगायतले शुभकामना दिँदै प्रतियोगिता खेलाडीहरुको लागि महान उत्सव भएको तथा यसले बिन्दबासिनी गाउँपालिकालाई खेल पर्यटनको गन्तव्यका रुपमा स्थापित गर्न योगदान गर्नेमा जोड दिए ।

बिन्दबासिनी गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा सुरु भएको खेलमा गाउँपालिका भरिका १५ वटा विद्यालयहरुले भाग लिएका छन् । आज देखि सुरु भएको प्रतियोगिता ४ दिन सम्म निरन्तर चल्ने र अन्तिम दिन यसको विजेता घोषित गरिने शिक्षक मुकलेश गदिले बताए ।

प्रतियोगितामा ज्याप्लिङ, स्टफुट, लङ जम्प , ब्याडमिन्टर , मुजिकल चेयर , सिपकिङ , भलिबल , दौड , मैथ मेटिकाल गैम र बिस्कुट गैम जस्ता खेलहरु खेलाईने शिक्षा शाखा प्रमुख लामिछानेले बताए । त्यस्तै विजेता , उपविजेता र उत्कृष्ठ खेलाडी र सर्वाधिकलाई ट्रफि र प्रमाणपत्र प्रदान गरिनेछ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु
मुख्य समाचार

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु

प्रकाशित : २०७९ माघ १९,बिहीबार
एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला
मुख्य समाचार

एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला

प्रकाशित : २०७९ माघ १९,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद