Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्जको पिप्रा स्थित सडक नामाकरण कार्यक्रम हालका लागि स्थगीत

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ माघ १८,बुधबार
A A
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज,१८ माघ । वीरगन्ज महानगरपालिका वडा नम्बर १४ प्रिपा स्थित सडकको नामाकरण अनावरण समारोह स्थगीत गरिएको छ ।

वीरगञ्ज महानगरपालिकाले पिप्रा स्थित नवनिर्मित लिंक रोडलाई महात्मा गान्धी मार्ग नामाकरणका लागि बिहीबार मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादव र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबाट संयुक्त रुपमा नामाकरण शिलान्यास अनावरण गराउने तय गरेको थियो । तर बुधबार महानगनगरले एक सूचना जारी गर्दै सडक नामाकरण अनावरण समारोह हालका लागि स्थगीत गरिएको जनाएको छ ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेलले जारी गरेको सूचनामा महानगर भित्रको ऐतिहासिक पिपरा क्षेत्रमा अवस्थित पशुपतिनाथ मन्दिर , पिपरा मठ र लक्ष्मणवा पार्कको सौन्दर्यकरण तथा संरक्षण गर्ने योजना अगाडि बढिरहेको सन्दर्भमा यस बारे अनेकथरीका दुष्प्रचार गर्ने प्रयास गरिएकोमा महानगरको गम्भिर ध्यानाकर्षण भएको उल्लेख छ । माघ १९ गते बिहीबार वीरगनञ्ज १४ पिपरा क्षेत्रमा आयोजना हुने भनिएको सडक नामाकरण अनावरण कार्यक्रम हाललाई स्थगीत गरिएको सुचनामा जनाइएको छ ।

वीरगञ्ज महानगरका मेयर राजेशमान सिंहले सडक अनावरण कार्यक्रमलाई दुष्प्रचार गरेर विवादीत बनाउन खोजिएपछि भारतीय राजदूत जस्तो व्याक्तित्वलाई बोलाएर विवादीत बनाउन उपयुक्त नदेखिएकाले हालका लागि उक्त कार्यक्रम स्थगीत मात्र गरिएको बताए । उनले यस बारेमा सरोकारवालासंग परामर्श गरेर उक्त कार्यक्रम आयोजना गरिने पनि बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०७९ माघ १८,बुधबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०७९ माघ १८,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद