Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

सडकमा जथाभावी फोहोर फाल्ने कृषि विकास बैंक र गगन बचतलाई जरिवाना

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ पुष २५,सोमबार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज,२४ पुष । सडकमा जथाभावी फोहोर फाल्ने वीरगञ्जका २ वटा वित्तीय संस्थालाई सोमबार जरिबाना तिराईएको छ ।
वीरगञ्जलाई सफा, सुन्दर बनाउनका लागि जथाभावी फोहोर फाल्नेलाई कारबाही अभियान अघि बढाएको महानगरले सोमबार २ वटा वित्तीय संस्थालाई कारबाही स्वरुप जरिबाना तिराएको हो ।
महानगरले लिंक रोडमा रहेको कृषि विकास बैंकलाई १ हजार रुपैयाँ र गगन बचत तथा ऋण सहकारी संस्थालाई २ हजार ५ सय रुपैयाँ जरिबाना तिराईएको महानगरका सरसफाई प्रमुख सरफुद्धिन मियाँले जानकारी दिए ।
पहिले सचेत गराउँदै आए पनि फोहोर जथाभावी फाल्न नछाडेपछि कारबाही गर्न लागिएको हो ।
यस अघि महानगरले कुमारी बैंक तथा अन्य २ वटा पसललाई जरिवाना तिराई सकेको छ ।
महानगरले नगर हरियाली र सफा बनाई राख्न अहिले सडक, नाला तथा फुटपाथमा राखिएका निर्माण सामग्री तथा भौतिक संरचना हटाउने र फोहोर व्यवस्थापन गर्ने अभियान नै चलाईरहेको छ ।
वीरगञ्जलाई सफा, स्वच्छ र हराभरा बनाउन सबैको सहभागितामा मात्रै संभव रहेकाले यसलाई अटेर गर्दै फोहोर गर्नेलाई कारबाही गरिने महानगरले चेतावनी दिएको छ ।
सडकमा जथाभावी फोहोर गरेको भेटिए जो कोहीलाई पनि कारबाही गरिने गरी संयन्त्र परिचालन गरिएको छ ।
महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंह निर्वाचित भएर आएसँगै नगर हरियाली र सरसफाईलाई प्राथमिकता दिँदै अभियान चलाइरहेका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०७९ पुष २५,सोमबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०७९ पुष २५,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद