Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्सामा पुर्व प्रधानमन्त्री स्वर्गीय गिरिजा प्रसाद कोइरालाको चैत ७ गते शालिक अनावरण

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ पुष ९,शनिबार
A A
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज ,०९ पुस । पर्सामा पूर्व प्रधानमन्त्री स्वर्गीय गिरिजा प्रसाद कोइरालाको पूर्णकदको शालिक पुन अनावरण गरिने भएको छ ।वीरगन्ज महानगरपालिका वडा नम्बर २ छपकैयाको इदगाह चोकमा पूर्व प्रधानमन्त्री एंव नेपाली काँग्रेसका पूर्व सभापति स्वर्गीय गिरिजा प्रसाद कोइरालाको पूर्णकदको शालिक पुन अनावरण गरिने भएको छ ।

गिरिजा प्रसाद (जिपी) कोईराला फाउण्डेशन पर्साले महानगर भित्रको इदगाह चोकमा निर्माण गरेको स्वर्गीय कोइरालाको शालिक मधेस आन्दोलनका क्रममा आन्दोलनकारीले भत्काएर ध्वस्त बनाएका थिए ।
त्यहि स्थानमा फाउन्डेसनले फेरि कोइरालाको नयाँ शालिक निर्माण गरि अनावरण गर्न लागेको हो । पुर्व प्रधानमन्त्री स्वर्गीय गिरिजा प्रसाद कोइरालाको १३ औं स्मृति दिवसमा चैत ७ गते कोइरालाको शालिक अनावरण गर्ने फाउन्डेसनका मधेस प्रदेश अध्यक्ष मोहम्मद शाहबुद्धिनले बताए ।


शनिबार वीरगन्जमा स्थित जिपी फाउन्डेसन पर्सामा बसेको बैठकले सोे निर्णय गरेको जानकारी उनले दिए । यस्तै बैठकले कोइरालाको स्मृति दिवसमा वीरगन्जमा आगामी फागुन २७ गते देखि मधेस प्रदेश स्तरीय फुटबल प्रतियोगिता आयोजना गर्ने निर्णय पनि गरेको छ ।

फाउण्डेसन मधेस प्रदेशका अध्यक्ष शाहाबुद्धिनको अध्यक्षतामा बसेको बैठकले पूर्व कोइरालाको स्मृति दिवसको अवसरमै मसिर ४ को र्निवाचनमा पर्साबाट र्निवाचित प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यहरुलाई पुस १५ गते सम्मान गर्ने र्निणय पनि गरेको फाउन्डेसनका कोषाध्यक्ष मनोहर साहले जानकारी दिए ।
बैठकमा फाउण्डेसन पर्साका उपाध्यक्ष जयमंगल कापर, सचिव धिरज कुमार गुप्ता ,सह सचिव मिन्टु देवि सिंह, कोषाध्यक्ष मनोहर कुमार साह, सदस्यहरु जितेन्द्र सिहं, बाबुनन्द प्रसाद पटेल, फाउण्डेसनका प्रेस सल्लाहकार इरफान अली लगायतको सहभागिता थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०७९ पुष ९,शनिबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०७९ पुष ९,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद