Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्ज व्यवस्थित बनाउने अभियान अन्र्तगत ट्राफिक व्यवस्थापनका लागि सरोकारवाला सक्रिय

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ मंसिर २२,बिहीबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

२२ मंसिर, वीरगंज
वीरगञ्ज व्यवस्थित बनाउने अभियान अन्र्तगत ट्राफिक व्यवस्थापनका लागि सरोकारवाला सक्रिय भएका छन् । वीरगञ्ज बजार क्षेत्रको पार्किङ्गको समस्यालाई समाधान गर्न सरोकारवाला सक्रिय भएका हुन् । सोही क्रममा वीरगञ्ज महानगरपालिका, जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा, वडा प्रहरी कार्यालय विर्ता, सामुदायिक सेवा केन्द्र लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले ट्राफिक व्यवस्थापनका सम्बन्धमा आज छलफल गरेका छन् ।
वडा प्रहरी कार्यालय विर्तामा बसेको बैठकले पार्किङ्ग स्थल निर्धारण गर्नुको साथै केहि स्थानको सडकमा पार्किङ निषेध गर्ने निर्णय समेत गरेको छ । विर्तास्थित वीरगञ्ज उद्योग वाणिज्य संघदेखि मकालु चौक, आदर्शनगर माइस्थानसम्म र घण्टाघरदेखि लिंक रोडमा दुवै तर्फ चार पाङ्ग्रे सवारी साधनको पार्किङ्ग निषेध गर्ने निर्णय बैठकले गरेको ग्रिनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानले बताउनुभयो ।
आदर्शनगर क्षेत्र र आदर्शनगरदेखि अलखियामठसम्म मुख्य सडकमा मोटरसाईकल समेत पार्किङमा रोक लगाउने निर्णय बैठकले गरेको छ । सवारी व्यवस्थापनका लागि बिर्ता स्थित मालपोत कार्यालय अगाडिको खाली जमिन, हजारी मल ट्रष्टको जमिन, पूरानो बस पार्क, गीता मन्दिर छेउको खाली जमिन र घण्टाघर नजिकको बी।पी उद्यानको खाली जमिनमा पार्किङ्ग गर्ने व्यवस्था मिलाइएको वडा प्रहरी कार्यालय विर्ताका प्रमुख प्रहरी निरीक्षक बिशाल मल्लले जानकारी दिनुभयो ।
निर्णय कार्यन्वयनका लागि वीरगञ्ज महानगरपालिकाबाट नगर प्रहरी, ट्राफिक प्रहरी परिचालन हुनेछन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक ध्रुब प्रसाद दाहाल वीरगञ्ज व्यवस्थित बनाउन अभियान थालिएको बताउनुभयो । तोकिएको ठाउँमा सवारी पार्किङ गर्दा सहरको सुन्दरता बढ्ने वीरगञ्ज– ४ का वडा अध्यक्ष जगत साह कानुले बताउनुभयो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पर्सा–२ मा काँग्रेस उम्मेदवार चौरसियाको समर्थनमा नेविसंघ र तरुण दलका युवा एकजुट
मुख्य समाचार

पर्सा–२ मा काँग्रेस उम्मेदवार चौरसियाको समर्थनमा नेविसंघ र तरुण दलका युवा एकजुट

प्रकाशित : २०७९ मंसिर २२,बिहीबार
वर्षायामको डुबानबाट राहत पाए वीरगञ्जका तीन वडाका बासिन्दा
मुख्य समाचार

वर्षायामको डुबानबाट राहत पाए वीरगञ्जका तीन वडाका बासिन्दा

प्रकाशित : २०७९ मंसिर २२,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद