Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्ज महानगरको आयोजनामा योग शिविर सुरु

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ मंसिर २२,बिहीबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज २२ मंसिर ।
वीरगञ्ज महानगरपालिकाले बिहीबारदेखि एक हप्ते योग शिविर आयोजना गरेको छ ।
वडा नम्बर ११ स्थित श्रीपुर स्कुलमा आयोजित शिविरको महानगर प्रमुख राजेशमान सिंहले उद्घाटन गरेका छन् ।
शिविरको उद्घाटन गर्दै मेयर सिंहले योग मार्फत नागरिकको स्वास्थ्य चुस्त राख्न नगरको विभिन्न स्थानमा महानगरले योग शिविर आयोजना गर्न लागेको पनि जानकारी दिए ।
अहिले विश्वभर नै योगको महत्व बढेको भन्दै उनले हरकोहीले योग साधनाबाट आफूलाई स्वस्थ्य राख्न सक्ने बताए ।
आम नागरिकको जीवनमा सकारात्मक परिवर्तन ल्याउने गरि आफूले काम गरिरहेको भन्दै उनले आगामी दिनमा पनि यस्ता रचनात्मक कार्य जारी राख्ने बताए ।
कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोध गुप्ताले शरीर स्वस्थ बनाउन योगको महत्वपूर्ण योगदान रहेको भन्दै यहाँ सिकेका कुरा आफ्नै घरमा पनि निरन्तरता दिनुपर्नेमा जोड दिए ।
योग गरौँ , रहौँ निरोगु भन्ने नारासहित सुरु भएको शिविरमा ५० जनाभन्दा बढी महिला पुरुषको सहभागिता रहेको छ ।
कार्यक्रमको उद्घाटन सत्रमा महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेल, उद्योगि अशोक टेमानी, प्रदिप केडिया, संजय खेतान, हरि गौतम लगायतको सहभागिता रहेको थियो ।
वडा नम्बर११ का वडाध्यक्ष अजय चौरसियाको सभापतित्वमा सम्पन्न उद्घाटन सत्रको मेयर सिंहका राजनीतिक सल्लाहकार उमेशलाल सहनीले सञ्चालन गरेका थिए ।
२८ गतेसम्मा हरेक दिन विहान ६स्३० बजेदेखि संचालन हुने शिविरमा सहभागिहरुलाई प्रतिमा सिंहले योग प्रशिक्षण दिनुहुने स्वास्थ्य शाखा प्रमुख रितेश जयसवालले जानकारी दिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०७९ मंसिर २२,बिहीबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०७९ मंसिर २२,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद