Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home आर्थिक

बारामा प्रहरी र मजदुरबीच झडप,झडपकोे क्रममा १० जना प्रहरी सामान्य घाइते

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ कार्तिक ३,बिहीबार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

जोतिलाल प्रजापति ,३ कार्तिक
बाराको जीतपुर सिमरा उपमहानगरपालिका– ९ छातापिपरा स्थित त्रिवेणी स्पेनिङ उद्योगमा मजदुर र प्रहरीबीच झडप भएको छ । झडपलाई नियन्त्रणमा लिन प्रहरीले १ राउण्ड गोली र ३४ राउण्ड अश्रु ग्याँस प्रहार गरेको छ ।
झडपमा परी १० जना नेपाल प्रहरीका जवान घाईते भएका छन् ।

९ जनाको अवस्था सामान्य छ भने एक जनाको अवस्था मध्यम छ । घाईतेहरुको टाउको, छाती, अनुहार हात, खुट्टामा चोट लागेको छ । घाईते हुनेहरुमा प्रहरी नायब उपरीक्षक युबराज तिमिल्सिना, प्रहरी निरीक्षक राज किशोर साह तेली, प्रहरी नायब निरीक्षक राजन थापा, प्रहरी हवल्दार श्रीराम पटेल घाईते छन् । प्रहरी सशस्त्र प्रहरी हवल्दार दिपक गुरुङ, प्रहरी जवानहरु राजेश पूनः मगर, राजेश पुन मगर, सदाम हुसेन, रुदल कुमार यादव, रुबोध कुमार यादव, सुरेन्द्र महतो घाईते छन् । उनीहरुलाई अल्पाईन अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि गण्डक अस्पताल वीरगञ्जमा रिफर गरिएको प्रहरीले जनाएको छ ।

भिडलाई तितर बितर गर्न प्रहरी तर्फबाट ३४ राउण्ड अश्रु ग्यास सेल र सर्ट गन बाट १ राउण्ड फायर गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।
प्रहरीको सिल ढाल १३ थान फुटेको, बेदको लाठी ९ थान भाँचीएको प्रहरीले जनाएको छ । प्रहरीले त्रिवेणी स्पिनिङका सि.ई.ओ., जि.एम., प्रशासन अधिकृत लगायत ५ जना लाई प्रशासन कक्षबाट उद्दार गरेर सिमरा ल्याईएको छ । झडपमा संलग्न रहेको आरोपमा ७ जना पुरुष मजदुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले मजदुर पक्षमा के कति क्षति भयो त्यसको विवरण खुलाएको छैन ।

दशैं तिहारको बोनस नदिएको विषयलाई लिएर कामदार कर्मचारी र व्यवस्थापन पक्षबीच दुरी बढेको थियो ।
प्रहरीले दिएको जानकारी अनुसार कात्तिक २ गते साँझ ५ः२० बजे कम्पनीमा कार्यरत २÷३ सय कामदार तथा कर्मचारीहरु कम्पनीले दशैं तिहारको बोनस नदिएको भन्दै आन्दोलित भएका थिए ।

उनीहरुले प्रबन्ध निर्देशकको कार्यकक्षमा तालाबन्दी गरी बसेका थिए । ईलाका प्रहरी कार्र्यालय सिमरा बाट प्रहरी नायब उपरीक्षक सहितको सुरक्षाकर्मीको टोली गएर सम्झाई बुझाई गरेका थिए । साँझ ७ः १० बजे प्रबन्धन निर्देशकको कोठाको ताल्चा खुलाई प्रहरी र कामदारको लिडर बसी छलफल समेत भएको थियो । राति १०ः२० बजे वर्ता बिना निष्कर्ष टुंगिएको थियो । कामदारहरु बाहिर निस्केर शान्तपूर्वक धर्नामा बसेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०७९ कार्तिक ३,बिहीबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०७९ कार्तिक ३,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद