Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

जसपाका नेताकार्यकर्ता भन्छन् : विकासको लहर ल्याएका प्रदीप यादवको जित सुनिश्चित छ

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ कार्तिक २,बुधबार
A A
1
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज, ०२ कार्तिक : वीरगन्ज महानगरपालिका वडा नम्बर १२ का जनता समाजवादी पार्टी (जसपा) का अगुवा नेता कार्यकर्ताले पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधीसभा सदस्य उम्मेदवार प्रदीप यादवलाई विजयी बनाउन कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाएका छन् ।
बुधबार वीरगञ्ज महानगरपालिका वडा नम्बर १२ को ब्रह्म चोकमा जसपाले आयोजना गरेको भेटघाट कार्यक्रममा सहभागी अगुवा नेता कार्यकर्ताले पर्सा १ मा यादवले विकासको लहर ल्याएकाले फेरि पनि उनको जित सुनिश्चित रहेको बताए ।

सांसदका रुपमा यादवले विगत ५ बर्षको कार्यकालमा क्षेत्रको विकास र जनताको हितमा गरेका कामबाट क्षेत्रका सबै जनता सन्तुष्ट रहेकोले फेरि पनि यादवलाई नै जिताउने सोचमा रहेको पनि उनिहरुले बताए ।
उनिहरुले सांसद यादवले गरेका विकास निर्माणका कामहरुको नारा लिएर आफुहरु जनता माझ जाने पनि बताए ।

भेटघाट कार्यक्रममा अगुवा नेता कार्यकर्ताहरुको सुझाव सुनेपछि प्रतिनिधीसभा सदस्यका उम्मेदवार यादवले विगत पाँच बर्षको कार्यकालमा आफुले सुशासनलाई प्राथमिकता दिनुका साथै क्षेत्रको विकासमा नै ध्यान केन्द्रित गरेको बताए । उनले अबको जित पछि क्षेत्रमा बाँकी रहेका अधुरा योजनाहरुलाई पुरा गर्दै थप केहि ड्रिम पोजेक्टहरु ल्याउने प्रतिबद्धता जनाए । उनले भने ,‘ मेरो लक्ष्य र सोच भनेकै समग्र पर्सा जिल्ला र क्षेत्र नम्बर १ का जनतालाई समृद्ध बनाउने हो , त्यो लक्ष्यमा म पुगेरै छाड्छु ।
यादवले त्यो लक्ष्य पुुरा गर्नका लागि जसपा–एमालेको गठबन्धनका उम्मेदवारलाई जिताउन आवश्यक रहेकाले आफनो मत जसपा–एमाले गठबन्धनलाई नै दिन आग्रह पनि गरे ।
बुधबार नै प्रतिनिधीसभा सदस्य उम्मेदवार यादवले वीरगन्ज महानगरपालिका वडा नम्बर ११ श्रीपुरमा जसपाको सम्पर्क कार्यालयको उद्घाटन पनि गरेका छन् । कार्यालय उद्घाटनकालागि श्रीपुरमा पुगेका यादवलाई जसपाका नेता कार्यकर्ता र स्थानीयवासीले फुलमाला लगाएर भव्य स्वागत पनि गरेका थिए ।
दुवै कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत , जिल्ला समन्वय समिति पर्साका पूर्ब प्रमुख नेक महम्मद अन्सारी , जसपाका महानगर अध्यक्ष इश्वर चन्द्र यादव लगायतको पनि सहभागीता थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०७९ कार्तिक २,बुधबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०७९ कार्तिक २,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद