Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

जसपाका नेताकार्यकर्ता भन्छन् : विकासको लहर ल्याएका प्रदीप यादवको जित सुनिश्चित छ

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ कार्तिक २,बुधबार
A A
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज, ०२ कार्तिक : वीरगन्ज महानगरपालिका वडा नम्बर १२ का जनता समाजवादी पार्टी (जसपा) का अगुवा नेता कार्यकर्ताले पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधीसभा सदस्य उम्मेदवार प्रदीप यादवलाई विजयी बनाउन कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाएका छन् ।
बुधबार वीरगञ्ज महानगरपालिका वडा नम्बर १२ को ब्रह्म चोकमा जसपाले आयोजना गरेको भेटघाट कार्यक्रममा सहभागी अगुवा नेता कार्यकर्ताले पर्सा १ मा यादवले विकासको लहर ल्याएकाले फेरि पनि उनको जित सुनिश्चित रहेको बताए ।

सांसदका रुपमा यादवले विगत ५ बर्षको कार्यकालमा क्षेत्रको विकास र जनताको हितमा गरेका कामबाट क्षेत्रका सबै जनता सन्तुष्ट रहेकोले फेरि पनि यादवलाई नै जिताउने सोचमा रहेको पनि उनिहरुले बताए ।
उनिहरुले सांसद यादवले गरेका विकास निर्माणका कामहरुको नारा लिएर आफुहरु जनता माझ जाने पनि बताए ।

भेटघाट कार्यक्रममा अगुवा नेता कार्यकर्ताहरुको सुझाव सुनेपछि प्रतिनिधीसभा सदस्यका उम्मेदवार यादवले विगत पाँच बर्षको कार्यकालमा आफुले सुशासनलाई प्राथमिकता दिनुका साथै क्षेत्रको विकासमा नै ध्यान केन्द्रित गरेको बताए । उनले अबको जित पछि क्षेत्रमा बाँकी रहेका अधुरा योजनाहरुलाई पुरा गर्दै थप केहि ड्रिम पोजेक्टहरु ल्याउने प्रतिबद्धता जनाए । उनले भने ,‘ मेरो लक्ष्य र सोच भनेकै समग्र पर्सा जिल्ला र क्षेत्र नम्बर १ का जनतालाई समृद्ध बनाउने हो , त्यो लक्ष्यमा म पुगेरै छाड्छु ।
यादवले त्यो लक्ष्य पुुरा गर्नका लागि जसपा–एमालेको गठबन्धनका उम्मेदवारलाई जिताउन आवश्यक रहेकाले आफनो मत जसपा–एमाले गठबन्धनलाई नै दिन आग्रह पनि गरे ।
बुधबार नै प्रतिनिधीसभा सदस्य उम्मेदवार यादवले वीरगन्ज महानगरपालिका वडा नम्बर ११ श्रीपुरमा जसपाको सम्पर्क कार्यालयको उद्घाटन पनि गरेका छन् । कार्यालय उद्घाटनकालागि श्रीपुरमा पुगेका यादवलाई जसपाका नेता कार्यकर्ता र स्थानीयवासीले फुलमाला लगाएर भव्य स्वागत पनि गरेका थिए ।
दुवै कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत , जिल्ला समन्वय समिति पर्साका पूर्ब प्रमुख नेक महम्मद अन्सारी , जसपाका महानगर अध्यक्ष इश्वर चन्द्र यादव लगायतको पनि सहभागीता थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर
मुख्य समाचार

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर

प्रकाशित : २०७९ कार्तिक २,बुधबार
स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप
मुख्य समाचार

स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप

प्रकाशित : २०७९ कार्तिक २,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद