Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

सखुवा प्रसौनी गाउँपालिका अध्यक्ष जसवन्त यादवमाथि आक्रमणको प्रयास

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ आश्विन ९,आईतवार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादवमाथि आक्रमणको प्रयास भएको छ । पर्साको सखुवा प्रसौनी गाउँपालिकाका वडा नं २ मा रहेको गाउँपालिका कार्यालयबाट वडा नंं ६ स्थित घर फर्किंदै गर्दा यादवमाथि आक्रमणको प्रयास भएको हो ।

१० – १२ जनाको संख्यामा रहेका समूहको आक्रमणबाट अध्यक्ष यादवसँगै रहेका ऋषिकुमार सहनी र नगेन्द्रप्रसाद यादव घाइते भएका छन् । सहनीको हात भाँचिएको छ भने यादवको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ ।

आक्रमणबाट अध्यक्ष सवार गाउँपालिका कार्यालयको ना १ झ १६८७ नम्बरको गाडीको सिसा फुटेको छ भने ना २ च ८६६ नम्बरको निजी कारमा आगजनी भएको छ ।
कार्यालयबाट घर फर्किने क्रममा ज्यान मार्ने उद्देश्यले आफूमाथि आक्रमण गरेको अध्यक्ष यादवले बताए । कार्यालयबाट घर फर्कंदै थिएँ, सखुवाप्रसौनी–५ बलुवा पुग्ने बित्तिकै १०–१२ जनाको संख्यामा आएका गुण्डा प्रवृत्तिका मानिसहरुले आक्रमण गरे’, उनले भने, ‘मलाई त केही भएको छैन, तर दुई जना घाइते भएका छन् ।’

गाउँपालिकाका प्रमोद यादव, अनिल पटेल, रामबाबु यादव लगायतले ज्यान मार्ने प्रयास गरेको अध्यक्ष यादवको आरोप छ ।

उनका अनुसार दिँउसो कार्यालयमा केही व्यक्तिले मादक पदार्थ सेवन गरेर होहल्ला गर्नुको साथै कर्मचारीमाथि दुव्र्यवहार गरेका थिए । सम्झाइ–बुझाइ गर्दा नमानेपछि प्रहरी बोलाएर एक जनालाई पक्राउ गरिएको थियो । त्यसैको प्रतिशोधमा आफूमाथि आक्रमण भएको हुनसक्ने उनले बताए ।

स्रोतका अनुसार लोसपाबाट एमालेमा प्रवेश गरेका प्रदेशसभा सदस्य प्रल्हाद गिरीको नाति पर्ने ‘बुलेट’ भनिने दीपरञ्जन गिरी दिउँसो गाउँपालिका कार्यालय गएका थिए । केही दिन पहिले राजुराज गिरी भन्ने गिरी परिवारका एक सदस्यले फेसबुकमा गाउँपालिकाको गाडी दुरुपयोग भएको विषयमा ‘स्टाटस’ राखेका थिए ।

सोही विषयलाई लिएर गाउँपालिका अध्यक्ष यादवका भाइ बलवन्तले दीपरञ्जनलाई आक्रमण गर्नुका साथै प्रहरी बोलाएर पठाएका थिए । त्यसक्रममा जसपाका दीपलाल साह गोढको टाउकोमा चोट लागेको प्रत्यक्षदर्शीले बताएका छन् । त्यसपछि आक्रोशमा आएका समूहले अध्यक्ष यादवमाथि आक्रमण गरेको स्थानीयले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय, पर्साका प्रमुख प्रहरी उपरीक्षक उमेश बस्नेतले भने घटनामा संलग्न रहेको आशंकामा तीन जनालाई पक्राउ गरिएको जानकारी दिए । ‘घटनाको जानकारी पाए गत्तै प्रहरी टोली परिचालन गरेर म स्वयम् पनि घटना स्थलमा पुगें’, उनले भने ‘घटनामा संलग्न १२ जनाको नाम आएको छ, ३ जनालाई पक्राउ गरिसकेका छौं । स्थिति सामान्य छ ।’

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पर्सा स्वास्थ्य कार्यालयद्वारा वार्षिक समीक्षा गोष्ठी सम्पन्न
मुख्य समाचार

पर्सा स्वास्थ्य कार्यालयद्वारा वार्षिक समीक्षा गोष्ठी सम्पन्न

प्रकाशित : २०७९ आश्विन ९,आईतवार
“बाल प्रतिभा क्विज च्यालेन्ज–२०८२” पर्सामा सम्पन्न
मुख्य समाचार

“बाल प्रतिभा क्विज च्यालेन्ज–२०८२” पर्सामा सम्पन्न

प्रकाशित : २०७९ आश्विन ९,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद