Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

कांग्रेसका नेता कञ्चन झाले बिहारका शीर्षतः नेताहरुसँग भेटवार्ता

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ भाद्र ३०,बिहीबार
A A
2
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज, २९ भदौ । बिहार भ्रमणका क्रममा रहनुभएका नेपाली कांग्रेसका नेता कञ्चन झाले बिहारका शीर्षतः नेताहरुसँग भेटवार्ता गर्नुभएको छ । बुधबार वहाँले बिहारका उपमुख्यमन्त्री तेजस्वी यादव, पर्यावरण वन तथा जलवायु परिवर्तन मन्त्री तेज प्रताप यादव र राष्ट्रिय जनता दल(आरजेडी) का संस्थापक नेता लालु प्रसाद यादवसँग भेटवार्ता गर्नुभएको हो ।

भेटघाटमा नेपाल–भारत ऐतिहासिक सम्बन्ध र सीमापार सम्बन्धबारे विशेष चर्चा भएको नेता झाको सचिवालयका प्रमुख जय साहले बताउनुभयो । वर्षेनी सीमाञ्चलका जिल्लाहरुमा हुने डुबानका विषयमा पनि छलफल भएको जनाइएको छ ।

सो क्रममा आरजेडीका संस्थापक नेता यादवले बाराको गढीमाई मेलाबारे आफ्नो उत्सुकता राख्नुभएको थियो । जबाफमा नेता झाले वहाँलाई आउँदो गढीमाई मेलाका साथै पशुपतिनाथको दर्शन र मधेश भ्रमणको निम्तो दिनुभएको छ ।

भारत बिहारका कृषिमन्त्री सुधाकर सिंहको निमन्त्रणामा कांग्रेसका नेता झा नेतृत्वको टोलि २ दिने बिहार भ्रमणको क्रममा छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

अलपत्र पारिएको वीरगन्जको मुख्य सडक विस्तारमा पुरानै एलाइनमेन्ट कायम गर्न उद्योग वाणिज्य संघको आग्रह
मुख्य समाचार

अलपत्र पारिएको वीरगन्जको मुख्य सडक विस्तारमा पुरानै एलाइनमेन्ट कायम गर्न उद्योग वाणिज्य संघको आग्रह

प्रकाशित : २०७९ भाद्र ३०,बिहीबार
कार्यवाहक प्रमुख इम्तियाज आलमको सक्रियता: महिनौंदेखि रोकिएको विपत राहत रकम पीडितलाई वितरण गरिँदै
आर्थिक

कार्यवाहक प्रमुख इम्तियाज आलमको सक्रियता: महिनौंदेखि रोकिएको विपत राहत रकम पीडितलाई वितरण गरिँदै

प्रकाशित : २०७९ भाद्र ३०,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद