Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home आर्थिक

कार्यवाहक प्रमुख इम्तियाज आलमको सक्रियता: महिनौंदेखि रोकिएको विपत राहत रकम पीडितलाई वितरण गरिँदै

by अनलाईन वीरगंज
प्रकाशित : २०८३ असार १८,बिहीबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज, ।
वीरगन्ज महानगरपालिकाका कार्यवाहक प्रमुख इम्तियाज आलमको विशेष सक्रियता र पहल कदमीका कारण विगत ६ महिनादेखि रोकिएको विपत राहत रकम अन्ततः पीडितहरूले पाउने भएका छन्। महानगरपालिकाको विभिन्न वडाका आगलागी, बाढी र हावाहुरी पीडित १५ जना परिवारलाई राहत प्रदान गर्ने प्रक्रिया अगाडि बढाइएको छ।
महानगरपालिकाका कार्यवाहक प्रमुख आलमले विपत व्यवस्थापन शाखामा प्राप्त निवेदनहरूमाथि तत्काल चासो देखाउँदै उचित छानबिनका लागि निर्देशन दिनुभएको थियो। सोही निर्देशनका आधारमा महानगरको वडा नम्बर १४, १७, १९, २६ लगायतका स्थानमा प्राकृतिक विपतबाट भौतिक संरचनामा क्षति ब्यहोरेका वास्तविक पीडितहरूको पहिचान गरिएको हो।

पीडितहरूको निवेदन र क्षतिको अवस्था हेरी कार्यवाहक प्रमुख आलमले प्रतिपरिवार ५ हजार रुपैयाँदेखि २५ हजार रुपैयाँसम्मको राहत रकम उपलब्ध गराउने निर्णय गराउनुभएको छ। कार्यवाहक प्रमुखको यो निर्णयसँगै पुनर्निर्माणका लागि लामो समयदेखि राहतको पर्खाइमा रहेका नगरबासीहरूले ठूलो राहत महसुस गरेका छन्।

विपत व्यवस्थापन शाखा प्रमुख विभा मिश्राका अनुसार कार्यवाहक प्रमुख आलमको समन्वय र तोकताकेताका कारण प्रशासनिक प्रक्रिया चाँडो सम्पन्न भएको हो। लामो समयदेखि अल्झिएको यो राहत रकम अबको केही दिनभित्रै पीडितहरूको हातमा पुगिसक्ने शाखा प्रमुख मिश्राले जानकारी दिनुभयो।

महानगरबासीलाई संकटका बेला अभिभावकत्व प्रदान गर्दै कार्यवाहक प्रमुख आलमले विपतका घटनामा परेका नागरिकलाई आगामी दिनमा पनि महानगरले तत्काल र प्रभावकारी रूपमा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

अलपत्र पारिएको वीरगन्जको मुख्य सडक विस्तारमा पुरानै एलाइनमेन्ट कायम गर्न उद्योग वाणिज्य संघको आग्रह
मुख्य समाचार

अलपत्र पारिएको वीरगन्जको मुख्य सडक विस्तारमा पुरानै एलाइनमेन्ट कायम गर्न उद्योग वाणिज्य संघको आग्रह

प्रकाशित : २०८३ असार १८,बिहीबार
बाल उद्यानभित्र हुक्का र सुर्तीजन्य पदार्थ बरामद
मुख्य समाचार

बाल उद्यानभित्र हुक्का र सुर्तीजन्य पदार्थ बरामद

प्रकाशित : २०८३ असार १८,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद