Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

बारामा डाँका समुह र प्रहरी विच दोहोरो गोली हानाहान

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ भाद्र १९,आईतवार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

बाराःगएराती डाँका समुह र प्रहरी विच दोहोरो गोली हानाहानसँगै झडप भएको छ । मध्यरातमा भएको झडपमा परि प्रहरीका एक वरिष्ठ सहि घाईते भएका छन् । भने घाईते अवस्थामा दुई जना डाँका पक्राउ परेका प्रहरीले जनाएको छ ।

जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा नं.२३ मा रहेको एरोटेक कारखानामा लुट्न आएको डाँका समुह र प्रहरी विच राती साँडे १२ बजेको समयमा झडप भएको हो । कारखानामा १३, १४ जनाको समुहले गेटमा रहेका कम्पनीका शुरक्षा गार्डलाई कुटपिट गरी डाँकाजनी गरिरहेको खबर प्रहरीले पाएको थियो ।

खबर पाउना साथ वरिष्ठ सहीको कमाण्डमा त्यहाँ पुरगेको प्रहरीमाथी डाँका समुहले गोली प्रहार गरेपछि प्रहरीले जवाफी फायर गरेको थियो । सोही क्रममा थप मद्दमा शुरक्षा टोली पुगेर डाँका समुहका दुईजनालाई मात्र नियन्त्रणमा लिन सफल भएको बाराका प्रहरी प्रमुख प्रहरी उपरिक्षक होविन्द्र बोगट्टीले जानकारी दिनु भयो ।
डाँका समुहले रड प्रहार गर्दा ईलाका प्रहरी कार्यालय जितपुरका बरिष्ठ सही कलम बहादुर शाही घाईते हुनुभएको छ । शाहीको पर्साको विरगजं स्थति विरगजं हेल्थ केयरमा उपचार भैरहेको छ । डाँका समुहको रड प्रहारबाट वरिष्ठ सही शाहीको टाउकोमा गहिरो चोट लागेको छ । उनको अवस्था सामन्य रहेको प्रहरी उपरिक्षक बोगट्टीले जानकारी दिनु भयो ।

यस्तै घाईते अवस्थामा पक्राउ परेका डाँका समुहका दुईजनाको सिमरा स्थीत अल्पाईन अस्पतालमा उपचार भैरहेको छ । झडपका क्रममा डाँका समुहले एक राउण्ड र प्रहरीले तीन राउण्ड गोलि चलाएका छन् । पक्राउ परेका डाँकाका साथबाट प्रहरी एकथान कटुटा पेस्तोल ,सोमा लाग्ने ३ थान गोली र केहीथान घरेलु हतियार बरामद गरेको उपरिक्षक बोगट्टीले जानकारी दिनु भयो ।
पक्राउ परेका डाँकाहरुको विवरण गोप्य राखि घटनाको थप अनुसन्धान भैरहेको वहाँले बताउनु भयो ।थप विवरण २ बजे प्रेस मिटमा जानकारी आउने बारा प्रहरीले बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर
मुख्य समाचार

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर

प्रकाशित : २०७९ भाद्र १९,आईतवार
स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप
मुख्य समाचार

स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप

प्रकाशित : २०७९ भाद्र १९,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद