Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

११ वर्षीय बालकको अपहरणपछि भारतमा हत्या, १७ वर्षीय किशोर पक्राउ

by अनलाईन वीरगंज
प्रकाशित : २०८३ भाद्र १६,मंगलवार
A A
file pic

file pic

2
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

बारा । बाराको विश्रामपुर गाउँपालिका–३, मुसहर्वाका ११ वर्षीय बालक राजेश कुमार साहको अपहरणपछि भारतमा हत्या भएको खुलेको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले सोही स्थानका १७ वर्षीय किशोरलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार २०८३ भदौ ९ गते बिहान करिब ९ बजे घरबाट हराएका बालकको खोजी भइरहेको थियो। बालक हराएको भन्दै सोही दिन साँझ करिब ७ः५० बजे प्रहरी चौकी मुसहर्वामा जानकारी प्राप्त भएपछि प्रहरीले खोजतलास थालेको थियो।

खोजीका क्रममा भदौ ११ गते बिहान करिब १०ः३० बजे भारतको बिहारस्थित मोतिहारी जिल्लाको नुनियाडी पञ्चायत–१ मा रहेको सिंहा नदी किनारमा बालक मृत अवस्थामा फेला परेका थिए।

घटनाको अनुसन्धानका क्रममा संकलन गरिएको सिसिटिभी फुटेज, स्थानीय व्यक्तिहरूको भनाइ तथा भारतीय प्रहरीसँगको समन्वयबाट बालकलाई विश्रामपुर गाउँपालिका–३, मुसहर्वाका १७ वर्षीय किशोरले अपहरण गरी भारत लगेको र त्यहाँ कर्तव्य गरी हत्या गरेको खुलेको प्रहरीले जनाएको छ।

प्रहरीले घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका किशोरविरुद्ध अपहरण तथा कर्तव्य ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको छ।

पक्राउ परेका किशोरलाई जिल्ला अदालत बाराबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

नाबालक अभियुक्तको कानुनी तथा गोपनीयताको हकलाई ध्यानमा राख्दै प्रहरीले उनको नाम सार्वजनिक नगरी परिवर्तित नाम ‘जिल्ला–३३ ९ए० ०८३र८४’ उल्लेख गरेको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु , एक घाइते
राष्ट्रिय

परवानीपुरमा ईभी गाडीको ठक्करबाट ७ वर्षीय बालकको मृत्युु

प्रकाशित : २०८३ भाद्र १६,मंगलवार
जगरनाथपुर गाउँपालिकामा लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरणसम्बन्धी अन्तरक्रिया सम्पन्न
राष्ट्रिय

जगरनाथपुर गाउँपालिकामा लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरणसम्बन्धी अन्तरक्रिया सम्पन्न

प्रकाशित : २०८३ भाद्र १६,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद